कञ्चन डेभलपमेन्ट बैंकको नाफा ३८ प्रतिशतले बढ्यो

May 13, 2019 Merolagani



कञ्चन डेभलपमेन्ट बैंक (KADBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा एक करोड ५३ लाख रुपैयाँ अर्थात ३८.४७ प्रतिशतले बढोत्तरी भएको हो ।

गत वर्षको यसै अवधिमा बैंकले तीन करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खर्च र आम्दानीका सूचकहरुलाई सन्तुलनमा राख्दै खराब कर्जा मार्फत तीन करोड ३८ लाख फिर्ता ल्याउदा बैंकको मुनाफा वृद्धि भएको हो ।

चुक्त पूँजी ५३ करोड १३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ११ करोड ७२ लाख रुपैयाँ सञ्चित छ ।
चैत मसान्तसम्मा ५ अर्ब ८ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले चार अर्ब ४७ करोड ३१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात १.८३ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ६ पैसा छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।