सांग्रिला डेभलपमेन्ट बैंकको नाफा खस्कियो

May 13, 2019 Merolagani



सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा संकुचन भएको वित्तिय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ७.४९ प्रतिशतले साँघुरिएकोे हो ।

यस त्रैमासमा बैंकले २३ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले २५ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । आम्दानीका सूचकहरुमा सुधार गर्दै गर्दा खर्च व्यवस्थापन गर्न नसक्दा बैंकको नाफा घटेको हो ।

चुक्ता पूँजी दुई अर्ब ६० करोड ६६ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५८ करोड ३३ लाख रुपैयाँ सञ्चित छ ।

चैत मसान्तसम्मा २० अर्ब १३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १८ अर्ब २४ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा बैंकले ६८ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी १३ करोड २४ लाख रुपैयाँले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ५५ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको निष्कृय कर्जा अनुपात १.०९ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३८ पैसा छ । मूल्य आम्दानी अनुपात ११.९७ गुणा छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।