मर्जरमा सिनर्जी: राष्ट्रियस्तरको बन्ने लक्ष्य सहित सूचीकृत तीन लघुवित्तले गरे मर्जर सम्झौता

May 14, 2019 Merolagani

-तीर्थराज पौड्याल।
लघुवित्त कम्पनीहरुको संख्यात्मक नियन्त्रण गर्दै गुणात्मक क्षमता बढाउने राष्ट्र बैंकको नीतिलाई सोमबार नेपाल स्टक एकसचेञ्जमा सूचीकृत तीन  लघुवित्त कम्पनीहरुले मर्जरमा जाने सम्झौता गर्दै प्रशय दिएका छन्।

राष्ट्रियस्तरको ठूलो लघुवित्त कम्पनी बन्ने उदेश्यका साथ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत मिर्मिरे माइक्रोफाइनान्स, नागबेली लघुवित्त, र किसान माइक्रोफाइनान्सले बैशाख ३० गते सोमबार एक आपसमा मर्जर सम्झौता गरेका हुन्। मिर्मिरे माइक्रोफाइनान्सको केन्द्रिय कार्यालयमा मर्जर सम्झौता भएको हो ।

सम्झौतापत्रमा मिर्मिरेका अध्यक्ष टेकबहादुर बोहरा, नागबेलीका दीपबहादुर श्रेष्ठ र किसानमन नेत्रप्रसाद जोशीले हस्ताक्षर गरेका छन्।

मंगलबार पत्रकार सम्मेलन गरी औपचारिक रुपमा मर्जरको घोषणा गर्ने कार्यक्रम तय गरिएको बताइएको छ। माइक्रोफाइनान्समा अहिलेसम्मकै ठूलो मर्जर भएको दाबी उनिहरुको छ।

मिर्मिरे माइक्रोफाइनान्सको प्रधान कार्यालय काभ्रेको बनेपा, नागबेली लघुवित्तको प्रधान कार्यालय झापाको बिर्तामोड र किसान माइक्रोफाइनान्सको कैलालीको बलियामा रहेको छ।

पूर्वदेखि पश्चिमसम्मका दूरिमा रहेको तीन लघुवित्त कम्पनीको सम्झौताले अन्य कम्पनीरुलाई पनि मर्जरमा जान दबाब परेको छ।

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको हकप्रद निष्काशनको अस्वीकृत गर्दै मर्जरमा लैजाने नीति अवलम्बन गर्न सुझाब दिएको थियो। मर्जर सम्पन्न भएपश्चात बन्ने लघुवित्तको चुक्ता पूँजी करिब ३९ करोड रुपैंयाँ पुग्ने बताइएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।