मर्ज हुँदै साधना लघुवित्त र सबैको लघुवित्त

Sep 03, 2023 10:22 AM Merolagani



साधना लघुवित्त वित्तीय संस्था लिमिटेड (SDLBSL) र सबैको लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन्। यी दुई लघुवित्तले भदौ १५ गते, शुक्रबार एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

मर्जर सम्झौतापश्चात यी दुई लघुवित्तका आधारभुत शेयरधनीहरुको शेयर कारोबार रोक्का रहने भएको छ। साधना लघुवित्त वित्तीय संस्थाको आधारभुत शेयरधनीमा ७ जना रहेका छन् भने सबैको लघुवित्त (SABSL) को आधारभुत शेयरधनीमा २० जना रहेका छन्। यी आधारभुत शेयरधनीहरुको शेयर कारोबार साधारण सभा सम्पन्न नभएसम्मका लागि कारोबार रोक्का रहनेछ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।