विजय लघुवित्त र नयाँ सारथी लघुवित्तले असार ३१ देखि एकिकृत कारोबार थाल्ने, शेयर कारोबार रोक्क गर्न आग्रह

Jul 11, 2023 11:32 AM Merolagani



विजय लघुवित्त वित्तीय संस्था (VLBS) र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले एकिकृत कारोबार थाल्ने भएका छन् । असार ३१ गतेदेखि दुबै लघुवित्तले विजय लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने भएको हो ।

दुई लघुवित्तबीच मंसिर २६ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । दुबै लघुवित्तको चैत १८ गते सम्पन्न वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थियो ।

नेपाल राष्ट्र बैंकले असार १५ गते र नेपाल धितोपत्र बोर्डले असार २१ गते मर्जरमा जान दुबै लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

मर्जर पश्चात दुई लघुवित्तको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनको लागि एकिकृत कारोबार हुने दिन (असार ३१ गते) देखि १५ कार्य दिनसम्म शेयर कारोबार रोक्क गर्न आग्रह गरेको छ ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।