सेवा बिक्री घट्दा टेलिकमको आम्दानी झण्डै दुई अर्ब घट्यो, इपिइस ८८ रुपैयाँ

May 14, 2019 Merolagani



नेपाल टेलिकम (NTC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा झण्डै दुई अर्ब रुपैयाँ आम्दानी घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा टेलिकमले ९ अर्ब ९८ करोड ३९ लाख आम्दानी गरेको छ । गत आवको यसै अवधिमा ११ अर्ब ८५ करोड ६४ लाख खुद नाफा कमाएको यस कम्पनीको १ अर्ब ८७ करोडले नाफा घटेका हो । 

टेलिकमले चालु आवको तेस्रो त्रैमासमा मात्रै तीन अर्ब ६४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले ४ अर्ब ३७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

कम्पनीको सेवा बिक्री बापतको मुख्य आम्दानी नै एक अर्ब ८९ करोड घटेर २७ अर्ब ५० करोडमा झरेको छ । गत आवको यसै अवधिमा कम्पनीले सेवा बेचेर २९ अर्ब ३९ करोड रुपैयाँ आर्जन गरेको थियो। यस अवधिमा कम्पनीले कम्पनीले प्रशासनिक र कमर्चारीको सेवा सुबिधाको खर्च भने घटाएको छ ।

यस अवधिसम्ममा कम्पनीले सेवा बिक्री र अन्य आम्दानीबाट कुल ३२ अर्ब ४७ करोड कूल आम्दानी गरेको छ। गत आवको यसै अवधिमा कम्पनीले कुल ३३ अर्ब ८५ करोड कमाएको थियो। 

चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८६ अर्ब ४० करोड जम्मा भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८८ रुपैयाँ ७५ पैसा, प्रतिशेयर नेटवर्थ ६७६ रुपैयाँ ०५ पैसा र मूल्य आम्दानी अनुपात ७.०२ गुणा छ ।

गत आवको यसै अवधिमा कम्पनीसँग १५ अर्ब चुक्ता पूँजी र ७९ अर्ब ६९ करोडको जगेडा कोष थियो भने इपिएस १०५ रुपैयाँ ३९ पैसा रहेको थियो। 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।