तेस्रो त्रैमासमा कुन विकास बैंकको प्रगति कस्तो रह्यो ?

May 16, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत रहेका २७ वटा विकास बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्। वित्तीय विवरण सार्वजनिक भएसँगै लगानीकर्तामा कुन बैंकले कस्तो प्रगति गर्यो भन्ने कौतुहलता उत्पन भएको छ। हेरौं यस्तो छ २७ बैंकको प्रगति अवस्था:

यसअघिका त्रैमासहरुमा जस्तै मुक्तिनाथ विकास बैंंकले तेस्रो त्रैमासमा पनि अग्रता कायम गरेको छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा, खुद ब्याज आम्दानी, निक्षेप संकलन र कर्जा परिचालमा अग्रता लिएको हो। 

यता चैत मसान्तसम्ममा सार्वजनिक भएका वित्तीय विवरण अनुसार साहरा विकास बैंक चार सूचाङ्कहरु चुक्ता पूँजी, निक्षेप, कर्जा लगानी, खुद ब्याज आम्दानीमा सबैभन्दा कमजोर देखिएको छ। खुद नाफामा भने साहरा विकास बैकभन्दा कर्णाली डेभलपमेण्ट बैंक पछाडि रहेको छ। कर्णालीले डेभलपमेण्ट बैंकले जम्मा ६६ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ भने सहाराले दुई करोड ६ लाख खुद नाफा आर्जन गरेको छ।

चालु आर्थिक वर्षको नौ महिनामा बैंकले सबैभन्दा धेरै अर्थात ६० करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  गरिमाको खुद नाफा ४२ करोड ३८ लाख, कैलाश विकास बैंक र गण्डकीको खुद नाफा ३९ करोड रुपैयाँ भन्दा धेरै छ ।

यस्तै महालक्ष्मीले ३८ करोड ७९ लाख रुपैयाँ कमाएको छ। ओमको खुद नाफा ३४ करोड, शाईन रेसुङ्गाको खुद नाफा ३१ करोड रुपैयाँ बढी छ। ज्योति विकास बैंकको २८ करोड, देवः २५ करोड, सांग्रिला २३ करोड, र एक्सेल डेभलपमेन्ट बैंकको खुद नाफा ११ करोड रुपैयाँ छ ।


त्यस्तै १० करोड भन्दा थोरै खुद नाफा आर्जन गर्ने बैंकहरुमा मितेरीको ८ करोड, वेष्टर्न डेभलपमेन्ट ७ करोड ३६ लाख, सहयोगीको ७ करोड ४ लाख, मिसन ६ करोड ६४ लाख र तिनाउ डेभलपमेन्ट बैंकको खुद नाफा ६ करोड ११ लाख छ ।

पूर्णिमा विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक र भार्गव विकास बैंकको खुद नाफा ५ करोड रुपैयाँ भन्दा धेरै आर्जन गरेको छ । कन्काईको ४ करोड ४ लाख रुपैयाँ, सिन्धु विकासको ३ करोड ६ लाख रुपैयाँ, काबेली विकास बैंक र सहारा विकास बैंकको खुद नाफा दुई करोड रुपैयाँ बराबर नाफा कमाएका छन्।

लुम्बिनी विकास बैंक एक अर्ब ४६ करोडको जगेडा कोष सहित सबैभन्दा मजबुत छ भने महालक्ष्मी विकास बैंक एक अर्ब २८ करोड, ओम एक अर्ब १५ करोड,कामना सेवा एक अर्ब १२ करोड, कैलाश र मुक्तिनाथको समान एक अर्ब ५ करोड र गण्डकी विकास बैंकको एक अर्बको जगेडा कोष रहेको छ। वेष्र्टन डेभलपमेन्ट, काबेली, सहारा, र कर्णालीको पाँच करोडको मात्र जगेडा छ भने सबैभन्दा कम सप्तकोशीको ४ करोड रहेको छ ।

२७ विकास बैंकमध्ये ज्योति विकास बैंकको सबैभन्दा धेरै अर्थात तीन अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी छ । मुक्तिनाथको तीन अर्ब ६ करोड, र अन्य ९ विकास बैंकहरु महालक्ष्मी,गरिमा, गण्डकी, सांग्रीला, देव, कैलाश, ओम, कामना सेवा रर लुम्बिनी विकास बैंकको चुक्ता पूँजी दुई अर्ब माथि पूँजी रहेको छ ।

शिर्ष स्थानमा रहेको मुक्तिनाथ बैंकले चैत मसान्तसम्म ४१ अर्ब ८० करोड ४९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३६ अर्ब ४५ करोड १९ लाख रुपैयाँ कर्जा लगानीबाट एक अर्ब २९ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यसैगरि गरिमा र महालक्ष्मी विकास बैंकको निक्षेप संकलन ३० अर्ब माथि छ । कैलाश, गण्डकी, ओम, लुम्बिनी,तथा सांग्रीला र कामना सेवा विकास बैंकले २० अर्ब माथि निक्षेप संकलन गरेका छन् । काबेली र सहाराको निक्षेप संकलन एक अर्बभन्दा कम छ ।

कर्जा लगानीकतर्फ कैलाश, महालक्ष्मी, गरिमा, गण्डकी, ज्योति, ओम, लुम्बिनी विकास बैंकको २० अर्ब माथि कर्जा लगानी रहेको देखिन्छ। सांग्रीला, कामना र देव विकास बैंकको कर्जा लगानी १८ अर्बको हाराहारीमा रहेको छ। कर्जा लगानीमा पनि काबेली र सहाराको निक्षेप संकलन एक अर्बभन्दा कम छ।

(नोट: राष्ट्रिय स्तर, दश जिल्ले, तीन जिल्ले तथा एक जिल्ले विकास बैंकलाई एउटै डालोमा हालेर तुलना गर्न भने मिल्दैन। यद्यपी लगानीकर्ताको जानकारीको लागि तुलनात्मक स्थितिको साथै बैंक स्वंमको अघिल्ला त्रैमासहरुको तुलनामा गरेको प्रगतिको अवस्थाबाट मूल्याङ्कन गर्नु सबैभन्दा उत्तम हुन्छ।)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।