निर्जीवन बीमामा शिखरले अग्रता लिदा बाँकीको अवस्था यस्तो, ६ कम्पनीको मात्र पुग्यो न्यूनतम पूँजी

May 21, 2019 Merolagani

हाल संचालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुमध्ये १५ कम्पनीहरु मात्रै नेप्सेमा सुचिकृत छन् । नेप्सेमा सूचीकृत १५ बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गरेको प्रगतिलाई यहाँ तुलनात्मक रुपमा प्रस्तुत गरिएको छ ।

बीमा समितिको निर्देशन अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ कम्पनीहरुले मात्रै न्युनतम चुक्ता पूँजी कायम गरेका छन् ।

बीमा समितिले तोकेको न्युनतम एक अर्ब चुक्ता पूँजी नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, हिमालयन जनरल, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले पुर्याएका हुन् ।

नेप्से सूचीकृत बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ७ अर्ब ७५ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा २ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
खुद बीमा शुल्कमा शिखर र नाफामा राष्ट्रिय बीमा अघि

१५ निर्जीवन बीमा कम्पनीहरु मध्ये बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स र खुद नाफा आर्जनमा राष्ट्रिय बीमा कम्पनी अब्बल देखिएको छ ।

बीमा कम्पनीहरुको आम्दानीको मुख्य स्रोत नै बीमा शुल्क हो । शिखर इन्स्योरेन्सले सबै भन्दा बढी एक अर्ब २४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी ३३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । खुद नाफा भने राष्ट्रिय बीमा कम्पनीको ५८ लाख रुपैयाँ छ । राष्ट्रिय बीमा कम्पनीले ३० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै ८५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको नेको इन्स्योरेन्सले २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

हिमालयन जनरल इन्स्योरेन्सले सबै भन्दा कम २२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै एभरेष्ट इन्स्योरेन्सले सबै भन्दा थोरै ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । एभरेष्ट इन्स्योरेन्सले २९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

६ कम्पनीको मात्र पुग्यो न्युनतम चुक्ता पूँजी

बीमा समितिले गरेको व्यवस्था अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ कम्पनीले चुक्ता पूँजी कायम गरेका छन् । बीमा समितिले तोकेको न्युनतम १ अर्ब चुक्ता पूँजी नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, हिमालयन जनरल, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले तोकेको चुक्ता पूँजी पुर्याएका हुन् ।

नेको इन्स्योरेन्सको चुक्त पुँजी १ अर्ब १७ करोड रुपैयाँ छ । यस्तै एभरेष्ट इन्स्योरेन्सको १ अर्ब ९ करोड, शिखरको १ अर्ब ५ करोड, हिमालयन जनलरको १ अर्ब २ करोड, नेपाल इन्स्योरेन्सको १ अर्ब १ करोड र प्रभु इन्स्योरेन्सको १ अर्ब ५० लाख रुपैयाँ चुक्ता पूँजी छ ।

बाँकी कम्पनीहरुले पनि चुक्ता पूँजी वृद्धिको तयारी गरिरहेका छन् । राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी सबैभन्दा थोरै अर्थात २६ करोड ६६ लाख रुपैयाँ छ ।

जगेडा र बीमा कोषमा राष्ट्रिय बीमा कम्पनी बलियो

सबैभन्दा थोरै चुक्ता पूँजी भएको राष्ट्रिय बीमा कम्पनीको जगेडा र बीमा कोषमा भने ठूलो रकम सञ्चित छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ३६ करोड र बीमा कोषमा १ अर्ब ६४ करोड रुपैयाँ सञ्चित छ ।

शिखर इन्स्योरेन्सको जगेडा कोषमा ४१ करोड ९ लाख र बीमा कोषमा १ अर्ब १ करोड रुपैयाँ सञ्चित छ । यस्तै नेको इन्स्योरेन्सको जगेडा कोषमा ५५ करोड र बीमा कोषमा ६६ करोड ९१ लाख रुपैयाँ छ ।

एभेरष्ट इन्स्योरेन्सको जगेडा कोषमा सबैभन्दा कम २१ करोड ६९ लाख रुपैयाँ सञ्चित छ भने युनाइटेड इन्स्योरेन्सको बीमा कोषको आकार सबैभन्दा सानो छ । युनाइटेड इन्स्योरेन्सको बीमा कोषमा ३५ करोड ५६ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिशेयर आम्दानी र नेटवर्थमा राष्ट्रिय बीमा कम्पनी अघि

राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी थोरै भएका कारण प्रतिशेयर आम्दानी र नेटवर्थ सबैभन्दा धेरै देखिएको छ । कम्पनीको प्रतिशेयर आम्दानी २९२ रुपैयाँ ४५ पैसा, प्रतिशेयर नेटवर्थ ९८६ रुपैयाँ २४ पैसा कायम छ ।

यस्तै शिखर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ४० पैसा र प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ८६ पैसा छ ।

सबैभन्दा कम प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ भने एभरेष्ट इन्स्योरेन्सको छ । एभरेष्टको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८८ पैसा र प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ९४ पैसा छ ।

एभरेष्ट इस्स्योरेन्सको मूल्य आम्दानी अनुपात सबैभन्दा धेरै अर्थात ८६.६८ गुणा बढी छ भने नेको इन्स्योरेन्सको सबैभन्दा कम १८.२४ गुणा बढी छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।