गुराँस लघुवित्तको मंगलबारदेखि शेयर कारोबार खुल्ने

May 27, 2019 Merolagani

गुराँस लघुवित्तको जेठ १४ गते मंगलबार देखि शेयर कारोबार खुल्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको २ लाख ३३ हजार ६२५ कित्ता शेयर आईपिओ सहित कूल ७ लाख ७५ हजार कित्ता शेयर सोमबार नेप्सेमा कारोबारका लागि सूचीकृत गरेको छ।

गुराँस लघुवित्तले बैशाख १६ गते देखि २ लाख ३३ हजार ६२५ कित्ता शेयर आईपिओ निष्काशनमा गरी बैशाख २६ गते बाँडफाँड गरेको थियो। लघुवित्तको आईपिओमा ३ लाख १ हजार ३९६ जना लगानीकर्तामध्ये जम्मा २३ हजार ३६३ जनाले गोलाप्रथा मार्फत १० कित्ताका दरले शेयर प्राप्त गरेका थिए।

 

धनकुटामा केन्द्रीय कार्यालय रहेको लघुवित्तको आईपिओ निष्काशन पछि चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यस अघि नै संस्थापक समूहबाट ५ करोड २५ लाख रुपैयाँ चुक्ता भैसकेको थियो।

यस्तै विजय लघुवित्तको १ लाख ७७ हजार १०० कित्ता बोनस शेयर पनि नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तको चुक्ता पूँजी १७ करोड ७१ लाख रुपैयाँमा आर्थिक वर्ष २०७४/७५ को संचित नाफाबाट १० प्रतिशत बोनस शेयरधनीहरुलाई वितरण गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।