एनएलजी इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद निष्काशन गर्ने, चुक्ता पूँजी अर्ब नाघ्ने

May 28, 2019 Merolagani

एनएलजी इन्स्योरेन्स (NLG) ले ६० प्रतिशत अर्थात १० कित्ता बराबर ६ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सको जेठ १४ गते मंगलबार सम्पन्न विषेश साधारण सभाले चुक्ता पूँजी पुर्याउन हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले हाल कायम चुक्ता पूँजी ६४ करोड ४ लाख रुपैयाँ बराबरको ६० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो । हकप्रद पछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणबाट बोनस वितरण गरी अपुग चुक्ता पूँजी हकप्रद जारी गरी पुर्याउने तयारी गरेको भएपनि साधारण सभा सम्पन्न गर्न समय लाग्ने भएपछि हकप्रदको बाटो रोज्नु परेको उल्लेख गरेको छ ।

 

इन्स्योरेन्सले नेपाल लेखामान प्रतिबेदन (एनएफआरएस) प्रणली अनुसार वित्तीय विवरण तयार भई साधारण सभा सम्पन्न गर्न समय लाग्ने भएपछि ६० प्रतिशत हकप्रद निष्काशन गरी बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी पुर्याउन लागेको हो ।

बीमा समितिले बीमा कम्पनीहरुलाई चालु आर्थिक वर्षको असार मसान्त भित्रमा साधारण सभा सम्पन्न गरेर न्युनतम चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो । समितिको निर्देशन अनुसार न्युनतम चुक्ता पूँजी पुर्याउन एनएलजी इन्स्योरेन्सले हकप्रदको बाटो रोजेको हो ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।