सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमा आवेदन दिने आइतबार अन्तिम दिन

Jun 23, 2019 10:14 AM Merolagani



सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको दोस्रो सामूहिक लगानी योजना सिटिजन्स म्युचुअल फण्ड–२ को इकाईमा आवेदन दिने असार ८ गते आइतबार अन्तिम दिन रहेको छ। कम्पनीले गत जेठ ९ गते बिहीबार देखि इकाई खुल्ला गरेको थियो।

फण्डको इकाईमा नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट वा अनलाइनमार्फत मेरो शेयर सफ्वयर मार्फत गर्न सकिने व्यवस्था छ।

इच्छुक आवेदकले न्यूनतम १०० इकाईका लागि एक हजार रुपैयाँदेखि अधिकतम २ करोड इकाई अर्थात २० करोड रुपैयाँसम्म आवेदन गर्न सकिन्छ। जेठ ६ गते यस सामूहिक लगानी कोषको इकाईमा असार ६ गते शुक्रबारसम्म ४१ करोड रुपैयाँ बराबरको आवेदन परेको छ।

सिटिजन्स म्युचुअल फण्ड–२ ले प्रति इकाई मूल्य १० रुपैयाँको दरले दश करोड इकाई बराबरको एक अर्ब रुपैयाँ बराबरको फण्ड निष्काशनमा ल्याइएको हो।

कूल १० करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख अर्थात कूल इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको थियो।

सिटिजन्स म्युचुअल फण्ड–२ को विशेषताहरु यस्ता छन्:-

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।