सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमा आवेदन दिने आइतबार अन्तिम दिन

Jun 23, 2019 10:14 AM Merolagani



सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको दोस्रो सामूहिक लगानी योजना सिटिजन्स म्युचुअल फण्ड–२ को इकाईमा आवेदन दिने असार ८ गते आइतबार अन्तिम दिन रहेको छ। कम्पनीले गत जेठ ९ गते बिहीबार देखि इकाई खुल्ला गरेको थियो।

फण्डको इकाईमा नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट वा अनलाइनमार्फत मेरो शेयर सफ्वयर मार्फत गर्न सकिने व्यवस्था छ।

इच्छुक आवेदकले न्यूनतम १०० इकाईका लागि एक हजार रुपैयाँदेखि अधिकतम २ करोड इकाई अर्थात २० करोड रुपैयाँसम्म आवेदन गर्न सकिन्छ। जेठ ६ गते यस सामूहिक लगानी कोषको इकाईमा असार ६ गते शुक्रबारसम्म ४१ करोड रुपैयाँ बराबरको आवेदन परेको छ।

सिटिजन्स म्युचुअल फण्ड–२ ले प्रति इकाई मूल्य १० रुपैयाँको दरले दश करोड इकाई बराबरको एक अर्ब रुपैयाँ बराबरको फण्ड निष्काशनमा ल्याइएको हो।

कूल १० करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख अर्थात कूल इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको थियो।

सिटिजन्स म्युचुअल फण्ड–२ को विशेषताहरु यस्ता छन्:-

 




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।