प्रुडेन्सियल इन्स्योरेन्सको मंगलबार विशेष साधारण सभा, हकप्रद प्रस्ताव पारित गर्दै

Jun 25, 2019 11:42 AM Merolagani



प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को विशेष साधारण सभा मंगलबार सम्पन्न हुँदैछ । सो सभाले बीमा सािमतिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न हाल कम्पनीको कायम चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ अनुपातमा हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव पारित गर्नेछ ।

हाल कायम चुक्ता पूँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँको ६० प्रतिशत हकप्रद प्रस्ताव पारित गर्न इन्स्योरेन्सले मंगलबार होटल ईच्छा, सिमरामा बिहान १०ः३० बजे विशेष साधारण सभा सुरु भएको छ।

विशेष साधारण सभाबाट पारित हकप्रद बिक्रीपछि प्रुडेन्सियल इन्स्योरेन्सको चुक्ता पूँजी पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ। सभा प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गरेको छ । असार १ गते सम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

विशेष साधारण सभाबाट पारित ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद धितोपत्रको अनुमति पश्चात बुकक्लोज पछि मात्र शेयरधनीलाई जारी हुनेछ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।