प्रुडेन्सियल इन्स्योरेन्सको मंगलबार विशेष साधारण सभा, हकप्रद प्रस्ताव पारित गर्दै

Jun 25, 2019 11:42 AM Merolagani



प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को विशेष साधारण सभा मंगलबार सम्पन्न हुँदैछ । सो सभाले बीमा सािमतिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न हाल कम्पनीको कायम चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ अनुपातमा हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव पारित गर्नेछ ।

हाल कायम चुक्ता पूँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँको ६० प्रतिशत हकप्रद प्रस्ताव पारित गर्न इन्स्योरेन्सले मंगलबार होटल ईच्छा, सिमरामा बिहान १०ः३० बजे विशेष साधारण सभा सुरु भएको छ।

विशेष साधारण सभाबाट पारित हकप्रद बिक्रीपछि प्रुडेन्सियल इन्स्योरेन्सको चुक्ता पूँजी पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ। सभा प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गरेको छ । असार १ गते सम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

विशेष साधारण सभाबाट पारित ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद धितोपत्रको अनुमति पश्चात बुकक्लोज पछि मात्र शेयरधनीलाई जारी हुनेछ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।