मर्जरको लहर चल्यो, प्राइम बैंकले कैलाश विकासलाई प्राप्ति गर्ने, स्वाप कति ?

Jul 05, 2019 05:28 PM Merolagani



प्राइम कमर्सियल बैंक (PCBL) ले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । असार २० गते शुक्रबार शुक्रबार दुई बैंकबीच प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । आजै ग्लोबल आइएमई र जनताले पनि मर्जरमा जाने सहमति गरेका छन् ।

प्राइमले कैलाशलाई प्रतिशेयर ९४ रुपैयाँ दिने प्रारम्भिक सहमति भएको छ। समझदारी पत्रमा प्राइम बैंकका तर्फबाट अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र मर्जर समिति संयोजक गजेन्द्र बिष्ट तथा कैलाश बैंकाका तर्फबाट अध्यक्ष नारायणप्रसाद पौडेल तथा संयोजक सुनिलनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार प्राप्ति पछि बन्ने बैंकको प्रमुख कार्यकारीमा प्राइम बेंकाका नारायणदास मानन्धर नै रहनेछन् ।

 हाल प्राइमको चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैयाँ छ भने कैशालको २ अर्ब ५२ करोड छ । ९४ स्वापमा कैलाश मिसिँदा प्राइमको पूँजी १० अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । 

प्राइमले केही समयअघि कन्काइ विकास बैंकलाई गाभ्न समझदारी गरिसकेको छ। कन्काइ समेत मिसिदा बैंकको अझ बलियो हुनेछ । प्राइमले किन्ने भएपछि आइतबारदेखि कैलाश विकास बैंकको शेयर कारोबार रोक्का हुनेछ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।