नेप्सेमा दुई कम्पनीको साढे ७७ लाख कित्ता शेयर सूचीकृत

Jul 16, 2019 02:14 PM Merolagani

नेपाल स्टक एक्सचेञ्जमा असार ३१ गते मंगलबार दुई कम्पनीको ७७ लाख कित्ता शेयर सूचीकृत भएको छ। एशियन लाइफ इन्स्योरेन्सको हकप्रद र एनएमबि माइक्रोफाइनान्सको बोनस शेयर गरी कूल ७७ लाख ५१ हजार ६६४ कित्ता शेयर कारोबारका लागि धितोपत्र बजारमा थपिएको हो।

एशियन लाईफले बिक्री गरेको चुक्ता पूँजीको ६० प्रतिशत बराबरको बराबरको ७५ लाख ४० हजार ३५२ दशमलव ७३ कित्ता शेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सूचीकृत भएको हो।

इन्स्योरेन्सले २०७५ फागुन २१ गतेसम्म कायम शेयरधनीका लागि २०७५ चैत २५ देखि २०७६ बैशाख २९ गतेसम्म सो अनुपातमा हकप्रद बिक्री गरेर जेठ २१ गते बाँडफाँड गरेको थियो।

त्यसैगरी एनएमबि माइक्रोफाइनान्सले गत वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गरेको चुक्ता पूँजीको १५ प्रतिशत अर्थात २ लाख ११ हजार ३१२ दशमलव ५ कित्ता बोनस शेयर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरि सूचीकृत भएको हो।

लघुवित्तको उक्त बोनस शेयर २०७५ पुस २९ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट अनुमोदन भएको थियो। सो हकप्रद पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र पाउनेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।