शेयर दलालहरुले आज कसरी गर्दैछन् शेयर किनबेचको सेटलमेन्ट ?

Jul 21, 2019 10:47 AM Merolagani



गत बुधबार किनबेच गरिएको शेयरको राफसाफ आज आईतबार हुनुपर्ने हो तर धेरै शेयर दलालहरुमा यसबारेमा अन्योल देखा परेको छ ।

आन्तरिक राजश्व विभाग र सीडीएससीको निर्देशन अनुसार शेयर दलालहरुले् कागजी प्रमाण संकलन गरेर भारित औसत लागतको पाँच प्रतिशतका दरले पूँजीगत लाभकर गणना गर्नुपर्नेमा धेरै लगानीकर्ताहरुले त्यस्तो प्रमाणसहितको विवरण नदिएपछि शेयर दलालहरु अफ्ठेरोमा परेका छन् ।

एक शेयर दलालले मेरोलगानी डटकमसँग भने, धेरै लगानीकर्ताहरुले निर्धारित कागजमा ल्याप्चेसमेत लगाई प्रमाणसहितको भारित औसत लागत विवरण नदिएकाले अफ्ठेरो परेको छ । त्यस्तो कागज नदिनेको प्रतिकित्ता १०० रुपैयाँ नै भारित औसत लागत कायम गर्न पनि सकिने अबस्था छैन भने सीडीएससीले केही भन्दैन ।

एकातिरबाट कर कार्यालय तथा सीडीएससीको पेलाई र अर्कोतिरबाट लगानीकर्ताको दबाबका बीच शेयर दलालहरुले आफुहरु दोहोरो मारमा परेको गुनासो गरेका छन् । उनीहरुले गत बुधबारको कारोबारको आज १२ बजेसम्म राफसाफ गरिसक्नुपर्छ ।

लगानीकर्ताहरुले शेयर किनेको कारोबार नम्बर र अरु विवरण आफुसँग नभएकाले नेप्से, सीडीएससी र शेयर दलालहरुले नै भारित औसत लागत कायम गर्नुपर्ने दबाब दिईरहेका छन् । लगानीकर्ताहरुले भारित औसत लागत तय नभएसम्म शेयर कारोबार नगर्ने अडान लिएका छन् ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।