- इन्फिनिटी लघुवित्तको आकर्षक प्रगति
इन्फिनिटी लघुवित्त वित्तीय सस्थाले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमाससम्ममा तीन करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरको छ। अघिल्लो वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा दुई करोड ६२ लाख रुपैयाँले धेरै हो।
अघिल्लो वर्ष लघुवित्तले एक करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। लघुवित्तले खर्च र आम्दानीका सूचकहरुलाई सन्तुलनमा राख्दै नाफा बढाउन सफल भएको ह।
६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन पछि लघुवित्तको चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा चार करोड २६ लाख रुपैयाँ छ।
समीक्षा अवधिसम्ममा लघुवित्तले ५१ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ७९ करोड ६९ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्था मार्फत ऋण लिएर एक अर्ब ४६ करोड १३ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ।
यस अवधिमा लघुवित्तले ९ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी ५ करोड ८५ लाख रुपैयाँले बढी हो। लघुवित्तले अघिल्लो वर्षको यसै अवघिमा तीन करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.७७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ०९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ५६ पैसा छ । लघुवित्तको मूल्य आम्दानी अनुपात २०.८४ गुणा धेरै छ।
- समता लघुवित्तको पूँजी भन्दा जगेडा कोष मजबुत
समता लघुवित्तले आर्थिक वर्ष २०७५/७६ मा दुई करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा २४९.३१ प्रतिशत अर्थात एक करोड ८४ लाख रुपैयाँले धैरै हो । अघिल्लो वर्ष लघुवित्तले ७३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानीमा उल्लेख्य रुपमा वृद्धि हुँदा लघुवित्तको नाफामा सुधार भएको हो। चुक्ता पूँजी ६ करोड ६ लाख रुपैयाँ भएको लघुवित्तको जगेडा कोषमा ८ करोड ४२ लाख रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिमा ४९ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ८० करोड १२ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय सस्था मार्फत ऋण गरेर एक अर्ब ३० करोड ९७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यस अवधिमा लघुवित्तले ७ करोड ७ लाख खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्षको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी७९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष लघुवित्तले तीन करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
लघुवित्तमा खराब कर्जा अनुपात ०.९८ प्रतिशत छ। लघुवित्तको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ३२ पैसा छ भने प्रतिशेयर नेटवर्थ २३८ रुपैयाँ ८७ पैसा छ। लघुवित्तको मूल्य आम्दानी अनुपात २६.७० गुणा बढी छ।
- स्वदेशी लघुवित्तको खुद नाफा दोब्बर
स्वदेशी लघुवित्तले आर्थिक वर्ष २०७५/७६ मा ७ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा तीन करोड ६६ लाख रुपैयाँ अर्थात ९७.१८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष लघुवित्तले तीन करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको थियो।
खुद ब्याज आम्दानीमा उल्लेख्य रुपमा सुधार भएसँगै खर्च र आम्दानी व्यवस्थापन राम्रो सँग हुदा लघुवित्तको नाफा वृद्धि भएको हो। शतप्रतिशत हकप्रद बिक्रीबाट चुक्ता पूँजी २३ करोड रुपैयाँमा पूँजी बढाएको लघुवित्तको जगेडा कोषमा १८ करोड ५१ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा कम्पनीको जगेडा कोष ५ करोडबाट ३ लाखबाट १८ करोड ५१ लाख पुगेको हो।
समीक्षा अवधिमा एक अर्ब दुई करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले दुई अर्ब २८ करोड १५ लाख रुपैयाँ कर्जा लिएर तीन अर्ब ४३ करोड ७३ लाख रुपैयाँ ऋण लगानी गरेको छ। समीक्षा अवधिमा कम्पनीले निक्षेप संकलन र कर्जा लगानी दुबै ५० प्रतिशत बढीले विस्तार गरेको हो।
गत आर्थिक वर्षमा लघुवित्तले खुद ब्याज आम्दानीमा उल्लेख्य रुपमा बढोत्तरी गरेको देखिन्छ । लघुवित्तले समीक्षा अवधिमा २३ करोड एक लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो को तुलनामा ८ करोड २८ लाख रुपैयाँले धेरै हो । अघिल्लो लघुवित्तले १४ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
लघुवित्तमा निष्कृय कर्जा अनुपात १.५४ प्रतिशत छ। लघुवित्तको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ २७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ४८ पैसा छ। पूँजी वृद्धिका कारण गत आवको तुलनामा लघुवित्तको प्रतिशेयर आम्दानी स्थिर रहेको छ ।
लघुवित्तको मूल्य आम्दानी अनुपात १४.७२ गुणा छ।