एनएमबी बैंकले ओमलाई प्राप्ती गर्न डाक्यो विशेष साधारण सभा, ब्रोकेज सेवा पनि थप्ने

Jul 28, 2019 09:39 AM Merolagani



ओम डेभलपमेण्ट बैंकसँग मर्जर प्रकृयामा रहेको एनएमबी बैंक (NMB) ले ओमलाई प्राप्ती गर्ने प्रस्ताव पारित गराउन साउन २८ गते विशेष साधारण सभा आह्वान गरेको छ। स्टाफ कलेज जावलाखेलमा साढे १० बजे  आह्वान गरिएको सभामा बैंकले प्रबन्धपत्र तथा नियमावली संसोधन गरि ब्रोकेज सेवा समेत थप्ने भएको छ।

विशेष साधारण सभाले मर्जर सम्झौता प्रतिवेदन, सम्झौता तथा निर्णयरु पारित गर्ने, डिडिए रिर्पोटबाट प्राप्त भएको स्वाप १००:७६ लाई  स्वीकृती प्रदान गर्ने, तथा लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने एजेण्डा रहेको छ । 

यस्तै बैंकले ग्राहकलाई सेवा सुविधा थप गर्ने क्रममा नियामक निकायको स्वीकृति लिई बैंक आफैँ वा सहायक कम्पनी मार्फत धितोपत्र शेयर दलाल (स्टक ब्रोकर) सम्बन्धि व्यवस्था थप गर्ने विशेष प्रस्ताव रहेको छ ।

सभाले ओम प्राप्ती पश्चात बैंकको पूँजी वृद्धि हुने हुँदा बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने र नियामकिय निर्देशन अनुरुप गर्नुपर्ने आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

मर्जर सम्झौता पश्चात बैंकको शेयर कारोबार जेठ ३ गतेदेखि नै रोक्का रहेकाले सो भन्दा अघिल्लो दिनसम्म कारोबार भई साउन २० गतेसम्म शेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा कायम रहेका बैंकको शेयरधनीहरुले मात्र  विशेष सभामा प्रतिनिधित्व जनाउन पाउनेछन्।

नेदरल्याण्ड्सको एफएमओको २० प्रतिशत स्वामित्व रहेको एनएमबी बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ भने ओमको २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ छ।




आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM

नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।