स्पर्श लघुवित्तको नाफामा आकर्षक बढोत्तरी

Jul 28, 2019 09:20 AM Merolagani

स्पर्स लघुवित्त (SPARS) ले गत आर्थिक वर्षमा आफ्नो खुद नाफामा उच्च बढोत्तरी गरेको छ। अघिल्लो आवमा १ लाख १ हजार खुद नाफा कमाएको यस लघुवित्तले असार मसान्तसम्म १ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

आईपिओ बिक्री प्रश्चात ८ करोड २९ लाख ६३ हजार रुपैयाँ चुक्ता पूँजी पुगेको लघुवित्तको जगेडा कोष समेत एक करोड ५८ लाख २७ हजार कायम भएको छ। अघिल्लो आवमा लघुवित्तको जगेडा सञ्चिति दुर्ई लाख १८ हजार रहेको थियो। 

१६ करोड ६७ लाख निक्षेप संकलन र ६८ करोड ५८ लाख सापटीबाट ९० करोड ३८ लाख बढी कर्जा परिचालन गरेको छ । यसबाट कम्पनीले ४ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा २ लाख २८ हजार सञ्चालन नाफा आर्जन गरेको छ।

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८२ पैसा, प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ८ पैसा, निस्क्रिय कर्जा अनुपात ०.४९ प्रतिशत छ।

]लघुवित्तले गत फागुन २६ देखि २९ गतेसम्म कूल २ लाख ६९ लाख ६३० कित्ता आईपिओ निष्काशन गरि चैत १० गते बाँडफाँड गरेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।