नेपाल एग्रो लघुवित्तले खुद नाफा बढाएर गर्यो आकर्षक प्रगति

Jul 28, 2019 12:31 PM Merolagani

नेपाल एग्रो लघुवित्तले गत वर्षको चौथो त्रैमासमा खुद नाफा बढाएर आकर्षक प्रगति गरेको छ। कम्पनीले अघिल्लो वर्षको तुलनामा खुद नाफा ६०६ प्रतिशतले बढाएर १ करोड ५७ लाख रुपैयाँ कमाएको छ। अघिल्लो वर्ष कम्पनीले २२ लाख ३५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

लघुवित्त कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा पनि उसको खुद नाफा बढेको हो। अघिल्लो वर्ष २ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष ३ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। त्यस्तै कम्पनीले सञ्चालन नाफा पनि अघिल्लो वर्षको तुलनामा ५४७ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले १८ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरी ६२ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीले अघिल्लो बर्षको तुलनामा निक्षेप संकलन ७६.१५ प्रतिशत र कर्जा लगानी ९०.१९ प्रतिशतले बढाएको हो ।

लघुवित्तले समीक्षा अवधिमा चुक्ता पुँजी बढाएर जगेडा कोष समेत मजबुद बनाउदै लगेको छ। कम्पनीले चुक्ता पुँजी ३ करोड ३६ लाख रुपैयाँबाट बढाएर ४ करोड ९७ लाख रुपैयाँ पुर्याएको छ भने ५ लाख ५० हजार रुपैयाँले ऋणत्मक रहेको जगेडा कोष बढाएर १ करोड ७३ लाख रुपैयाँ पुर्याएको छ।

लघुवित्तको खराब कर्जा भने ०.२६ प्रतिशतबाट बढेर ०.९० प्रतिशत पुगेको छ। चौथो त्रैमाससम्ममा वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ८३ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८७ पैसा र मुल्य आम्दानी अनुपात १२.३९ गुण छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।