लक्ष्मी लघुवित्तको निष्कृय कर्जा र खर्च बढ्यो, प्रतिशेयर आम्दानीमा भने ९ रुपैयाँ सुधार

Jul 29, 2019 08:30 AM Merolagani



लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) ले गत आर्थिक वर्षमा व्यवसाय विस्तार बढाउँदा ब्याज आम्दानीसँगै खुद नाफा र अन्य अधिकांंश सूचकमा प्रगति गरेको छ। यद्यपी यस खराब कर्जा अनुपातमा वृद्धि, पूँजीकोष खुम्चनु तथा कोषको लागत र कर्मचारी खर्च वृद्धिलाई भने कम्पनीले सम्बोधन गर्न सकेको देखिँदैन।

सोमबार सार्वजनिक भएको वित्तीय विवरणमा लघुवित्तको खुद मुनाफा अघिल्लो आवको यसै अवधिको तुलनामा दुई करोड ३४ लाख अर्थात २६.७८ प्रतिशतले सुधार भई ११ करोड ९ लाख आर्जन गरेको छ । 

समीक्षा अवधिमा करिब २६ प्रतिशतले खुद ब्याज आम्दानीमा बढोत्तरी गरेर ३० करोड १५ लाख कमाएको यस लघुवित्तले सञ्चालन नाफा पनि सोही अनुपातमा वृद्धि गरि १७ करोड ३३ लाख आर्जन गरेको छ।

गत आवमा नगद लाभांश वितरण गरेर चुक्ता पूँजी २४ करोड २० लाख रुपैयाँमा स्थिर राखेको कम्पनीको आम्दानीमा वृद्धि हुँदा प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६८ पैसाले बढेर ४५ रुपैयाँ १६ पैसा कायम भएको छ।

यस्तै जगेडा कोषको आकारमा १० करोड ६८ लाख सुधार हुँदा २४ करोड ४६ लाख सञ्चित छ।

एक वर्ष अवधिमा लघुवित्तले एक अर्ब ३० करोड ८५ लाख निक्षेप संकलन, बैंकबाट एक अर्ब ९२ करोड २ लाख सापटी लिई तीन अर्ब ५६ करोड २८ लाख कर्जा परिचालन गरेको छ।

लघुवित्तको कम्पनीको निष्क्रिय कर्जा अनुपात ०.९८ बाट १.२६ प्रतिशतमा बढेको छ जसले लघुवित्तको नोक्सानी व्यवस्थापन एक करोड ६१ लाखबाट २ करोड ५२ लाखमा पुगेको छ । यस्तै कर्मचारी खर्च साढे ३३ प्रतिशत बढेर १४ करोड ८३ लाखमा पुगेको छ।

प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ११ पैसा  रहेको  लघुवित्तको पूँजीकोष अनुपात ०.३१ प्रतिशतले खुम्चिएर १३.३१ मा, कोषको लागत बढेर १०.०७ प्रतिशत छ।

गत आवमा लघुवित्तको मूल्य आम्दानी अनुपात १४.४२ गुणा रहेकोले आम्दानीको आधारमा लघुवित्तको शेयरमूल्य समान्य नै देखिन्छ। २० गुणा भन्दा तल पिई रहनु लगानीका दृष्टिकोणले राम्रो मान्ने गरिन्छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।