आरएमडीसी लघुवित्तको जगेडा कोष पूँजीभन्दा दोब्बर, २९ प्रतिशतले बढ्यो नाफा

Jul 30, 2019 11:06 AM Merolagani

आरएमडीसी लघुवित्त (RMDC) ले गत आर्थिक वर्षको चौंथो त्रैमासमा खुद नाफा बढाएर सन्तोषजनक प्रगति गरेको छ। लघुवित्तले अघिल्लो वर्षको तुलनामा खुद नाफा २९.०७ प्रतिशतले बढाएको छ भने जगेडा कोष पनि मजबुद बनाउँदै लगेको छ। 

अघिल्लो वर्ष २५ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले गत आर्थिक वर्षमा ३३ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएर वितीय विवरण सार्वजनिक गरेको छ।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि हुँदा उसको खुद नाफा पनि बढेको हो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद ब्याज आम्दानी १९ प्रतिशतले बढेर ४८ करोड ३१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २०.४५ प्रतिशतले बढेको छ।

 

समीक्षा अवधिमा लघुवित्तले बैंक तथा वित्तिय संस्थाबाट ६ अर्ब ६३ करोड रुपैयाँ सापटी लिएर ८ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष कम्पनीले ५ अर्ब ६१ करोड रुपैयाँ सापटी लिएर ६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

चुक्ता पुँजी ७९ करोड ९३ लाख रुपैयाँ रहेको लघुवित्तले जगेडा कोष अघिल्लो वर्षको तुलनामा २५.७० प्रतिशतले बढाएर १ अर्ब ६१ करोड ५४ लाख रुपैयाँ पुर्याएको छ।

वार्षिक प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ५९ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ ३०२ रुपैयाँ ८ पैसा र मूल्य आम्दानी अनुपात १५.८९ गुणा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।