मिथिला लघुवित्तले बढायो शतप्रतिशत नाफा

Aug 02, 2019 11:23 AM Merolagani

मिथिला लघुवित्त (MLBBL) ले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्म शतप्रतिशत खुद नाफा बढाएको वितीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो वर्ष ९५ लाख ८७ हजार खुद नाफा कमाएको लघुवित्तले गत वर्ष १ करोड ९१ लाख रुपैयाँ कमाएको छ। 

लघुवित्तको सञ्चालन नाफा र खुद ब्याज आमदानी पनि बढेको छ। लघुवित्तले खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ३४.२७ प्रतिशतले बढाएर ५ करोड ८७ लाख रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा ११३.५० प्रतिशतले वृद्धि गरेको छ।

त्यसैगरी लघुवित्तले निक्षेप संकलन १७ करोड ३७ लाख रुपैयाँबाट बढाएर २४ करोड ९४ लाख रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाह ६१ करोड ७५ लाख रुपैयाँबाट बढाएर ९४ करोड ८२ लाख रुपैयाँ पुर्याएको छ। त्यस्तै लघुवित्तको खराब कर्जा अनुपात ३.४२ प्रतिशतबाट घटेर २.३३ प्रतिशतमा झरेको छ।

लघुवित्तले ५० प्रतिशत हकप्रद बिक्री चुक्ता पूँजी ९ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ भने जगेडा कोष १ करोड ६ लाख रुपेयाँबाट ४ करोड ७८ लाख रुपैयाँ पुर्याएको छ ।

प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३८ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ३९ पैसा र मुल्य आम्दानी अनुपात ४.७६ गुणा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।