आरएसडिसी लघुवित्तको खुद नाफा ७१% बढ्यो, जगेडा कोषमा आकर्षक सुधार

Aug 04, 2019 10:08 AM Merolagani

आरएसडिसी लघुवित्त (RSDC) ले गत आर्थिक वर्षमा ६ करोड ४१ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। लघुवित्त कम्पनीहरुलाई थोक लघुवित्त कर्जां उपलब्ध गराउने यस कम्पनीले आफ्नो खुद नाफा ७१.२२ प्रतिशतले बढाएको हो।

थोक कर्जा प्रवाह गर्ने यस लघुवित्तले अघिल्लो वर्ष कम्पनीले ३ करोड ७४ लाख नाफा कमाएको थियो।

समीक्षा अवधिमा हकप्रद तथा बोनसबाट पूँजी बढाएको कम्पनीको चुक्ता पूँजी ६३ करोड ३५ लाख १२ हजार रुपैयाँ रहेको छ। यस्तै लघुवित्तको जगेडा कोषमा पनि ७ करोड १४ लाखबाट करिब १३७ प्रतिशतले बढेर १६ करोड ९२ लाख पुगेको छ।

नाफा उच्च बढ्दा कम्पनीको प्रतिशेयर आम्दानी बढेको छ। अघिल्लो वर्ष ७ रुपैयाँ ७० पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी १० रुपैयाँ १३ पैसामा बढोत्तरी भएको हो।

बैंक तथा वित्तीय संस्थाहरुबाट एक अर्ब ८० करोड ९२ लाख रुपैयाँ ऋण सापटी गरेर आरएसडिसी लघुवित्तले गत असार मसान्तसम्म अन्य लघुवित्त संस्थाहरुमा दुई अर्ब ५१ करोड ५५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। कर्जा प्रवाहबाट कम्पनीले १२ करोड २९ लाख ७१ हजार खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७५ प्रतिशत अधिक हो।

लघुवित्तको निष्कृय कर्जा अनुपात ०.०३ बाट ०.२५ प्रतिशतमा बढेको छ। खराब कर्जा वृद्धिले ६८ लाखको नोक्सानी व्यवस्था बढेर २ करोड माथि पुगेको छ ।

लघुवित्तको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ७१ पैसा, कोषको लागत ११.०२ प्रतिशत र मूल्य आम्दानी अनुपात ३३.८६ गुणा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।