मर्जर प्रकृयामा रहेको आरम्भको नाफामा सुधार, प्रतिशेयर आम्दानी कति ?

Aug 05, 2019 10:28 AM Merolagani

आरम्भ लघुवित्त (AMFI) ले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ। चौतारी लघुवित्तसँग मर्जर प्रकृयामा रहेको लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा एक करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा ९८ लाख रुपैयाँले बढी हो। अघिल्लो वर्ष लघुवित्तले खुद नाफा २० लाख रुपैयाँ मात्र आर्जन गरेको थियो। लघुवित्तले खर्च र आम्दानीका सूचकहरुलाई सन्तुलनमा राख्दै नाफामा बढोत्तरी गरेको हो।

लघुवित्तको प्रतिशेयर आम्दानीमा उल्लेख्य रुपमा सुधार भएको देखिन्छ। गत आर्थिक वर्षमा लघुवित्तको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८३ पैसामा कायम भएको छ । अघिल्लो वर्ष लघुवित्तको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३५ पैसामा कायम थियो ।

चुक्ता पूँजी ६ करोड रुपैयाँ भएको लघुवित्तको जगेडा कोषमा ८७ लाख ३९ हजार रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षमा १५ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ३१ करोड ९४ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्था मार्फत ऋण गरेर ५२ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

लघुवित्तको खुद ब्याज आम्दानीमा पनि सुधार भएको देखिन्छ। लघुवित्तले गत वर्ष तीन करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्षको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी ४४ प्रतिशत अर्थात एक करोड १३ लाख रुपैयाँले वृद्धि भएको हो। अघिल्लो वर्ष लघुवित्तले दुई करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

लघुवित्तमा निष्कृय कर्जा अनुपात १.४२ प्रतिशत छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ५० पैसा छ भने मूल्य आम्दानी अनुपात २६.६८ गुणा छ। यस लघुवित्त र चौतारी लघुवित्तले जेठ २२ गते नर्जर सम्झौता गरिसकेका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।