स्वाभिमान लघुवित्तको खुद नाफा साढे दुई करोड

Aug 11, 2019 11:00 AM Merolagani

स्वाभिमान लघुवित्त (SMFBS) ले आकर्षक वित्तीय विवरण सर्वजनिक गरेको छ। नेप्सेमा हालसालै सूचीकृत भई कारोबार सुरु भएको लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ करोड ५६ लाख रुपैयाँले बढी हो । अघिल्लो वर्ष लघुवित्तले २ लाख ३२ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

यस अवधिमा लघुवित्तले २७ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन तथा ४७ करोड ६० लाख रुपैयाँ सापटि लिएर ७९ करोड २१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

अघिल्लो वर्षको तुलनामा खुद व्याज आम्दानी पनि २८३.५१ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष १ करोड ३८ लाख रुपैयाँ मात्रै खुद व्याज आम्दानी गरेको लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमास सम्ममा ५ करोड ३२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको हो। १२ करोड १२ लाख रुपैयाँ कुल व्याज आम्दानी गरेको लघुवित्तले ६ करोड ७९ लाख रुपैयाँ व्याज वापत खर्च गरेको छ ।

चुक्ता पूँजी ६ करोड १८ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा २ करोड ३१ लाख रुपैयाँ संचित छ। लघुवित्तको खराब कर्जा अनुपात ०.६० प्रतिशत रहेको छ । अघिल्लो वर्ष यो अनुपात ०.०५ प्रतिशत रहेको थियो।

 

यस अवधि सम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ७८ पैसा, प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४२ पैसा र मूल्य आम्दानी अनुपात ११.२७ गुणा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।