दुई वर्षे मुद्धती निक्षेपमा लगानी गर्न बैंकको खोजी गर्दै पुनर्बीमा कम्पनी

Aug 12, 2019 12:17 PM Merolagani



नेपाल पुनर्बीमा कम्पनीले दुई वर्ष अवधिका लागि वाणिज्य तथा विकास बैंकमा मुद्धती निक्षेप जम्मा गर्न बैंकको खोजी गरेको छ।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य तथा विकास बैंकहरुसँग भदौ १ गते आइतबारसम्म गोप्य शिलबन्दी प्रस्ताव फारम बुझाउन आह्वान गरेको छ । 

कम्पनीले विभिन्न १६ बुँदामा बैंकको विवरणहरु उल्लेख गरि शिलबन्दी बोलपत्र पेश गर्न सूचना जारी गरेको छ । यद्यपी कम्पनीले कति रकम मुद्धती राख्न चाहेको भने खुलाएको छैन । रकम उल्लेख गर्दा बैंकहरुबाट बोलकबोल गर्दा ब्याजदरमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै रकम उललेख नगरिएको पुर्नबीमा कम्पनीले जनाएको. छ ।

शिलबन्दी बोलपत्र पेश गर्दा सम्बन्धित बैंकको पूँजी कोष अनुपात, निष्कृष्य कर्जा, सि.डि रेसियो, तरल सम्पत्ति÷स्वदेशी मुद्रा निक्षेप, रियल स्टेट कर्जा, सर्वसाधाणको कूल निक्षेप, चुक्ता पूँजी, पूँजी प्रर्याप्तता अनुपात, प्रतिशेयर किताबी मूल्य, कम्पनीको नाममा रहेको हालसम्मको निक्षेप रकम, प्रति शेयर आम्दानी, पछिल्लो पटक वार्षिक साधारण सभा सम्पन्न मिति, प्रस्तावित ब्याजदर, प्रस्तावित रकम, ब्याजदर भुक्तानी तरिका र अन्य खुलाउन पर्ने कुराहरु केही भए खुलाउनुपर्नेछ । 

साथै कम्पनीले मुद्दतीमा लगानी गरिएको रकमको समय समाप्त हुनु अगावै निक्षेप रकम फिर्ता वा मुद्दती निक्षेप धरोटी राखि ऋण लिनुपर्ने अवस्थाको शर्त एवम् सुविधाहरु समेत अनिवार्य रुपमा खुलाउनका लागि भनेको छ । 

यसरी प्रस्ताव गरिएको मुद्दती निक्षेपमा प्रदान गरिने व्याजदरको मान्य अवधि न्यूनतम १५ दिन हुनुपर्ने कम्पनीले जनाएको छ। यसैगरि वाणिज्य बैंकको न्यूनतम ८ अर्ब र विकास बैंकको ३ अर्ब पूँजीकोष भएको तथा प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ हुनुपर्ने उल्लेख गरिएको छ। 

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।