एनएमबि बैंकको विशेष साधारण सभाले ओमसँगको मर्जर प्रस्ताव पारित गर्दै

Aug 13, 2019 10:01 AM Merolagani



एनएमबि बैंक (NMB) को आज (साउन २८ गते) आह्वान गरिएको विशेष साधारण सभाले ओम डेभलपमेन्ट बैंकलाई मर्जर गर्ने प्रस्ताव पारित गर्दैछ।। स्टाफ कलेज जावलाखेलमा साढे १० बजे आह्वान गरिएको सभामा बैंकले प्रबन्धपत्र तथा नियमावली संसोधन गरि ब्रोकेज सेवा समेत थप्ने भएको छ।

यसैगरि विशेष साधारण सभाले ओम डेभलपमेन्ट बेंकसँग गरिएका मर्जर सम्झौता प्रतिवेदन, सम्झौता तथा निर्णयरु पारित गर्ने, डिडिए रिर्पोटबाट प्राप्त भएको स्वाप १००:७६ लाई स्वीकृती प्रदान गर्ने, तथा लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने एजेण्डा रहेको छ । 

यस्तै बैंकले ग्राहकलाई सेवा सुविधा थप गर्ने क्रममा नियामक निकायको स्वीकृति लिई बैंक आफैँ वा सहायक कम्पनी मार्फत धितोपत्र शेयर दलाल (स्टक ब्रोकर) सम्बन्धि व्यवस्था थप गर्ने विशेष प्रस्ताव रहेको छ ।

सभाले ओम प्राप्ती पश्चात बैंकको पूँजी वृद्धि हुने हुँदा बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने र नियामकिय निर्देशन अनुरुप गर्नुपर्ने आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

मर्जर सम्झौता पश्चात बैंकको शेयर कारोबार जेठ ३ गतेदेखि नै रोक्का रहेकाले सो भन्दा अघिल्लो दिनसम्म कारोबार भई साउन २० गतेसम्म शेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा कायम रहेका बैंकको शेयरधनीहरुले मात्र विशेष सभामा प्रतिनिधित्व जनाउन पाउनेछन्।

नेदरल्याण्ड्सको एफएमओको २० प्रतिशत स्वामित्व रहेको एनएमबी बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ भने ओमको २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ छ।

एनएमबि बैंकसँग मर्जर सम्झौतामा रहेको ओम डेभलपमेन्ट बैंकको सोमबार पोखरामा सम्पन्न विशेष साधारणसभाबाट मर्जर प्रस्ताव पारित भैसकेको छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।