जानकी फाइनान्सको नाफामा गिरावट

Aug 19, 2019 06:33 PM Merolagani



जानकी फाइनान्स (JFL) को खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा घटेको छ । फाइनान्सले गत आवको चौंथो त्रैमाससम्ममा ११ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले १२ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी ४९ करोड २१ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा २८ करोड ६७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्ममा दुई अर्ब ३ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले दुई अर्ब ११ करोड ७७ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

गत आर्थिक वर्षका असार मसान्तसम्ममा १६ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष फाईनान्सले १५ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

फाइनान्समा खराब कर्जा अनुपात २.१३ प्रतिशत छ। फाइनान्सको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ६० पैसा छ। फाइनान्सले वित्तीय विवरणमा ३० रुपैयाँ ३४ पैसा उल्लेख गरेको छ जुन कम्पनीको नाफासँग मेल खाँदैन।

यस्तै फाइनान्सको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ २६ पैसा छ । फाइनान्सको मूल्य आम्दानी अनुपात ७.६३ गुणा छ । यस अवधिमा फाइनान्सको आधार ब्याजदर १२.३८, कोषको लागत १०.१० प्रतिशत र कर्जा निक्षेप अनुपात ७६.५० प्रतिशत रहेको छ ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।