वोमीसँग मर्जर प्रकृयामा रहेको नागरिक लघुवित्तको नोक्सानी बढ्यो

Aug 20, 2019 01:51 PM Merolagani



वोमी माइक्रोफाइनान्ससँग मर्जर प्रकृयामा रहेको नागरिक लघुवित्त (NLBSL) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ४३ लाख ७ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

अघिल्लो आवमा २७ लाख ८ हजार रुपैयाँ नोक्सानी व्यहोरेको लघुवित्त वित्तीय संस्थाको नोक्सानी ५९ प्रतिशतले बढेको हो । 

लघुवित्तले निक्षेप संकलन १२ लाख ३९ हजार रुपैयाँबाट २ करोड ६७ लाख २५ हजार रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाह १ करोड १३ लाख रुपैयाँबाट २२ करोड ५३ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीले समीक्षा अवधिमा ९० लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आवमा यस्तो आम्दानी ७ लाख ७६ हजार रुपैयाँ मात्र थियो ।

७ करोड रुपैयाँ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोष ६६ लाख रुपैयाँले ऋणात्मक छ। अघिल्लो आवमा ३१ लाख २३ हजार रुपैयाँले ऋणात्मक रहेको जगेडा कोष ३५ लाख रुपैयाँले बढेको हो । लघुवित्तको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १५ पैसा ऋणात्मक छ ।

नागरिक लघुवित्तले हालसम्म सर्वसाधारणमा आईपीओ निष्काशन गरेको छैन। सर्बसाधारणमा आईपीओ नै निष्काशन नगरी लघुवित्त वोमी माइक्रोफाइनान्ससँग मर्जरमा जाने सहमति गरेको हो ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।