सजिलो लघुवित्तको बढ्दैछ व्यवसायीक दायरा

Aug 22, 2019 10:49 AM Merolagani



सजिलो लघुवित्त (SAJILO) ले आफ्नो व्यवसायीक दायरालाई फराकिलो बनाउँदै लगेको छ। गत आर्थिक वर्षको वित्तीय विवरणमा कम्पनीले निक्षेप संकलन र कर्जा विस्तारलाई बढाउँदै ब्याज आम्दानी बढाएर खुद नाफामा समेत वृद्धि गरेको छ । 

लघुवित्तले असार मसान्तसम्म अघिल्लो आवमा रहेको ९९ लाख निक्षेप संकलनलाई बढाएर ९ करोड २५ लाख रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाह १२ करोड ७ लाख रुपैयाँबाट बढाएर ७२ करोड ६८ लाख रुपैयाँ पुर्याएको छ।

जसबाट कम्पनीले ३ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आवमा कम्पनीको खुद ब्याज आम्दानी एक करोड २१ लाख मात्र थियो।

नेपाल स्टक एक्चेञ्जमा सूचीकृत नभएका सजिलो लघुवित्तले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ९४ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएर वित्तीय विवरण सार्वजानिक गरेको छ।अघिल्लो आर्थिक वर्षमा ८ लाख ८४ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा झण्डै ८६ लाख रुपैयाँले खुद नाफा बढाएको हो।

हाल १४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले जगेडा कोषमा ७ लाख ८५ हजार रुपैयाँ राखेको छ। लघुवित्तको खराब कर्जा ०.१२ प्रतिशत छ। 

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७५ पैसा छ । गोरखामा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले सर्वसाधारणमा आईपीओ जारी गर्न बाँकी रहेको छ ।




समानुपातिकतर्फको मत गणना सकियो, कुन दलले पाए कति सिट ?

Mar 11, 2026 01:18 PM

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।