वर्ल्ड मर्चेन्टको खुद नाफामा उच्च गिरावट

Aug 23, 2019 03:58 PM Merolagani



वर्ल्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स (WMBF) को गत आर्थिक वर्षको खुद नाफामा उच्च गिरावट देखिएको छ। चौंथो त्रैमाससम्म फाइनान्सले ४८ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहीँ अवधिको तुलनामा ५ करोड ५५ लाख ३७ हजार रुपैयाँ कम हो। 

अघिल्लो आवमा फाइनान्सले ६ करोड ४ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

नेपाल राष्ट्र बैंकको समस्याग्रस्त संस्थाको सूचीबाट हालै मात्र फुकुवा भएको फाइनान्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफामा उच्च गिरावट देखिएको हो। 

फाइनान्सले चौंथो त्रैमाससम्म ७० लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको तुलनामा ४ करोड १९ लाख ८८ हजार रुपैयाँले कम हो । अघिल्लो आवमा फाइनान्सले ४ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

यस अवधिमा फाइनान्सले ७ करोड ५२ लाख निक्षेप संकलन र १७ करोड ६२ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

चुक्ता पूँजी २६ करोड ५६ लाख रुपैयाँ रहेको फाइनान्सले जगेडा कोषमा १४ करोड १६ लाख रुपैयाँ सञ्चित गरेको छ। फाइनान्सको शेयरधनी कोष ३१ करोड २५ लाख रुपैयाँ नोक्सानीमा छ।

फाइनान्सको निष्क्रिय कर्जा अनुपात शतप्रतिशत रहेको छ। यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी ३१ रुपैया १२ पैसाले घटेर १ रुपैयाँ ८४ पैसामा झरेको छ भने मूल्य आम्दानी अनुपात ५४.८९ गुणा छ। फाइनान्सको प्रतिशेयर नेटवर्थ २५ रुपैयाँ ४९ पैसाले ऋणात्मक रहेको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।