एभरेष्ट इन्स्योरेन्सको लिलामी शेयर किन्ने आइतबार अन्तिम दिन

Aug 25, 2019 09:08 AM Merolagani



एभरेष्ट इन्स्योरेन्स (EIC) ले लिलाम बढाबढमा बिक्रीमा ल्याएको शेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने भदौ ८ गते आइतबार अन्तिम दिन रहेको छ। कम्पनीले साउन २९ गतेदेखि ५ लाख २९ हजार ७८० कित्ता शेयरमा बोलपत्र आवेदन गरेको थियो।

इन्स्योरेन्सले संस्थापक तर्फको १ लाख ४६ हजार ५७५ कित्ता र सर्वसाधारण तर्फको ३ लाख ८३ हजार २०५ कित्ता शेयर लिलामी बिक्रीमा ल्याउने भएको हो। इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

लिलामी शेयरमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नायणचौर नक्साल, एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय हात्तिसार, काठमाडौंमा बोलपत्र आबेदन पेश गर्न सकिनेछ ।

यस्तै सिद्धार्थ बैंकको विराटनगर, वित्र्तामोड, वीरगञ्ज, जनकपुर,, हेटौंडा, नारायगढ, पोखरा, बाग्लुङ्ग, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरको शाखा कार्यालहरुबाट समेत बोलपत्र पेश गर्न सकिनेछ ।

इस्योरेन्सको शेयर भदौ ५ गते प्रतिकित्ता ३२० रुपैयाँमा दोस्रो बजारमा कारोबार भैएको छ। दोस्रो बजारभन्दा कम मूल्यमा बोलकबोल गरि शेयर लिलामीमा किन्ने अवसर लगानीकर्ताहरुलाई प्राप्त भएको छ।

शेयर बजार सुस्त भैरहेको समयमा बिक्रीमा लिलामी बिक्रीमा आएको शेयर लगानीकर्ताले सस्तो मूल्यमा नै बोलि लगाएर प्राप्त गर्नुसकेको खण्डमा लिलामी बजारबाट समेत फाइदा गर्नसक्ने सम्भावना देखिन्छ।

बोलपत्र पेश गर्दा संस्थापक र सर्वसाधारण दुबैं समुहतर्फको लागि न्युनतम एक सय कित्ता वा त्यस भन्दा बढीको लागि १० अंकले भाग जाने संख्याको लागि आवेदन गर्न सकिनेछ। अधिकत्तम सबै कित्ताको लागि बोलपत्र पेश गर्न सकिन्छ।

इन्स्योरेन्सले गत जेठ १४ गते देखि असार १६ गते बिक्रीमा ल्याएकोमा हकप्रदमा बिक्री नभएर बाँकी रहेको उक्त शेयर लिलामी मार्फत बिक्रीमा आउने भएको हो।

बीमा समितिको निर्देशन अनुरुप एक अर्ब पूँजी कायम गर्न एभरेष्टले १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो। लिलामी शेयर बिक्रीपश्चात एभरेष्टको चुक्ता पूँजी एक अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

एभरेष्ट इन्स्योरेन्सले मर्जरमा जाने प्रस्ताव राखेर असोज १ गते दिउँसो २ बजे अग्रवाल भवन कमलपोखरीमा कम्पनीको २४ औं वार्षिक साधारण सभा आब्हान गरेको छ।

इन्स्योरेन्सले गत आर्थिक वर्षमा ६ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ५ रुपैंया ८३ पैसा कायम गरेको छ। चुक्ता पूँजी एक अर्ब ४ करोड रुपैयाँ रहेको इन्स्योरेन्सले जगेडा कोषमा १४ करोड ११ लाख रुपैयाँ राखेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।