नेपाल लाईफ र सेञ्चुरी कमर्सियल बैंकको बोनस सूचीकृत

Aug 28, 2019 09:47 AM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भदौ १० गते मंगलबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र सेञ्चुरी कमर्सियल बैंकको बोनस सूचीकृत भएको छ।

नेप्सेका अनुसार नेपाल लाईफको एक करोड ९ लाख ९२ हजार ३२१ दशमलव ६२ कित्ता बोनस र सेञ्चुरी कर्मसियल बैंकको १६ लाख ५० हजार ९२ दशमलव ४७ कित्ता बोनस सूचीकृत भएको हो।

नेपाल लाईफले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट प्रस्ताव गरेको २५ प्रतिशत बोनस र २३.५० प्रतिशत नगद गरि कूल ४८.५० प्रतिशत लाभांश गत जेठ ४ गते सम्पन्न १९ ओं वार्षिक साधारण सभाबाट पारित गरेको थियो।

यस्तै सेञ्चुरी बैंकको बैशाख १२ गते सम्पन्न आठौं वार्षिक साधारण सभाले २ प्रतिशत बोनस शेयर र ४.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही बोनस शेयर बजारको दोस्रो बजारमा कारोबारका लागि दुबै कम्पनीले मंगलबार नेप्सेमा सूचीकरण गरेका हुन्।

सेञ्चुरी बैंकको बोनस २०७५ चैत २८ गतेसम्म र नेपाल लाईफको २०७६ बैशाख १८ गतेगतेसम्म नेप्सेमा शेयर खरिद गरि कायम रहेका शेयरधनीहरुले मात्र पाउनेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।