एनएलजी इन्स्योरेन्सको भदौ २५ गते बुकक्लोज, असोज ८ गते साधारण सभा

Sep 04, 2019 11:41 AM Merolagani



एनएलजी इन्स्योरेन्स (NLG) ले असोज ८ गते आह्वान गरेको १३ औं वार्षिक साधारण सभाका प्रयोजनको लागि भदौ २५ गते बुक क्लोज गर्ने भएको छ। त्यस अनुसार भदौ २४ गते सम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन सक्नेछन्।

इन्स्योरेन्सले असोज ८ गते बिहान ११ बजे १३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। इन्स्योरेन्स सञ्चालक समितिको २८६ औं बैठकले आम्रपाली ब्याङ्केट, बालुवाटार काठमाडौंमा साधारण सभा बोलाएको हो।

इन्स्योरेन्सका शेयरधनीले भने अघिल्लो आर्थिक वर्ष २०७४/०७५ बाट कुनैपनि लाभांश नपाउने भएका छन्। बीमा समितिले बीमा कम्पनीहरुका लागि पनि नेपाल वित्तीयमान प्रतिवेदन प्रणाली (एनएफआरएस) लागू गरेको र सो प्रणाली अनुरुप जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने भएपछि लाभांश वितरण नगर्ने भएको हो। कम्पनीले आर्थिक वर्ष २०७४/०७५ मा २४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ।

बीमा समितिको निर्देशन बमोजिम नेपाल वित्तीय विवरण प्रतिवेदनमान प्रणाली (एनएफआरएस) बमोजिम वित्तीय विवरण तयार गर्दा नियमनकारी प्रावधान अनुसार जगेडा तथा व्यवस्थाहरु कामय गर्नुपर्ने भएको हुदाँ बोनस तथा नगद लाभांश वितरण नगर्ने भएको इन्स्योरेन्सले जनाएको छ।

लाभांश वितरण नगरेपनि इन्स्योरेन्सले हकप्रद बिक्री गरेर बीमा समितिको निर्देशन अनुसार न्युनतम चुक्ता पूँजी पुर्याउने तयारी गरिसकेको छ। हाल कायम ६४ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद निष्काशन गरेर एक अर्ब २ करोड रुपैयाँ पुर्याउने प्रस्ताव जेठ १४ गते सम्पन्न विशेष साधारण सभाले पारित गरिसकको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।