आरएमडीसी लघुवित्तको बुकक्लोज तय

Dec 12, 2019 05:40 PM Merolagani



आरएमडीसी लघुवित्त (RMDC) ले एक्काइसौं साधारण सभाको लागि बुकक्लोज मिति तय गरेको छ। लघुवित्तको सञ्चालक समितिको बैठकले पुस २३ गते हुने साधारणसभाको लागि पुस ११ गतेदेखि साधारणसभासम्म बुकक्लोज गर्ने निर्णय गरेको हो।

यसअनुसार पुस १० गतेसम्म लघुवित्तको शेयर खरीद गरी शेयरधनी कायम भएकाहरुले मात्र लघुवित्तले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

सभामा लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट सञ्चालक समितिले प्रस्ताव गरे अनुसारको १२.५ प्रतिशतले हुन आउने ९ करोड ९९ लाख रुपैयाँ बराबरको बोनस र १२.५ प्रतिशतले हुन आउने ९ करोड ९९ लाख रुपैयाँ बराबरको नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजानेछ।

 

हाल ७९ करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस पश्चात पूँजी ८९ करोड ९३ लाख रुपैयाँ पूग्नेछ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।