आरएमडीसी लघुवित्तको बुकक्लोज तय

Dec 12, 2019 05:40 PM Merolagani



आरएमडीसी लघुवित्त (RMDC) ले एक्काइसौं साधारण सभाको लागि बुकक्लोज मिति तय गरेको छ। लघुवित्तको सञ्चालक समितिको बैठकले पुस २३ गते हुने साधारणसभाको लागि पुस ११ गतेदेखि साधारणसभासम्म बुकक्लोज गर्ने निर्णय गरेको हो।

यसअनुसार पुस १० गतेसम्म लघुवित्तको शेयर खरीद गरी शेयरधनी कायम भएकाहरुले मात्र लघुवित्तले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

सभामा लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट सञ्चालक समितिले प्रस्ताव गरे अनुसारको १२.५ प्रतिशतले हुन आउने ९ करोड ९९ लाख रुपैयाँ बराबरको बोनस र १२.५ प्रतिशतले हुन आउने ९ करोड ९९ लाख रुपैयाँ बराबरको नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजानेछ।

 

हाल ७९ करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस पश्चात पूँजी ८९ करोड ९३ लाख रुपैयाँ पूग्नेछ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।