लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रदको बुकक्लोज निर्धारण

Oct 01, 2019 11:56 AM Merolagani



लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) को चुक्ता पूँजीको २० प्रतिशत हकप्रद निष्काशनका लागि बुकक्लोज तय भएको छ । असोज १३ गते सम्पन्न सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्काशन गर्न असोज २७ गते बुकक्लोज गर्ने निर्णय गरेको हो। 

त्यस अनुसार असोज २६ गतेसम्म कायम शेयरधनीले मात्रै इन्स्योरेन्सको हकप्रदमा आबेदन गर्न सक्नेछन्। असोज १४ गते धितोपत्रको दोस्रो बजारमा इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता ३४३ रुपैयाँमा कारोबार भएको छ । 

कम्पनीको बैशाख २५ गते बुधबार सम्पन्न बिशेष साधारण सभाले चुक्ता पूँजीको २० प्रतिशत आर्थात १०ः२ को अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो। 

इन्स्योरेन्सको हकप्रदलाई धितोपत्र बोर्डले असोज ८ गते अनुमति दिएको थियो । हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमाइन्स्योरेन्सले सिबीआईएल क्यापिटललाई यस अघिनै नियुक्त भैसकेको छ । 

एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार गर्दा असार मसान्तसम्म बीमा समितिबाट निर्धारित एक अर्ब चुक्ता कायम गर्नुपर्ने अवस्थाको बीच हकप्रद जारी गनर्रपरेको कम्पनीको भनाई छ।

हाल ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले २० प्रतिशत बराबरको १७ करोड ६० लाखको हकप्रद जारी गरि एक अर्ब पाँच करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी कायम गर्नेछ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।