लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रदको बुकक्लोज निर्धारण

Oct 01, 2019 11:56 AM Merolagani



लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) को चुक्ता पूँजीको २० प्रतिशत हकप्रद निष्काशनका लागि बुकक्लोज तय भएको छ । असोज १३ गते सम्पन्न सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्काशन गर्न असोज २७ गते बुकक्लोज गर्ने निर्णय गरेको हो। 

त्यस अनुसार असोज २६ गतेसम्म कायम शेयरधनीले मात्रै इन्स्योरेन्सको हकप्रदमा आबेदन गर्न सक्नेछन्। असोज १४ गते धितोपत्रको दोस्रो बजारमा इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता ३४३ रुपैयाँमा कारोबार भएको छ । 

कम्पनीको बैशाख २५ गते बुधबार सम्पन्न बिशेष साधारण सभाले चुक्ता पूँजीको २० प्रतिशत आर्थात १०ः२ को अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो। 

इन्स्योरेन्सको हकप्रदलाई धितोपत्र बोर्डले असोज ८ गते अनुमति दिएको थियो । हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमाइन्स्योरेन्सले सिबीआईएल क्यापिटललाई यस अघिनै नियुक्त भैसकेको छ । 

एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार गर्दा असार मसान्तसम्म बीमा समितिबाट निर्धारित एक अर्ब चुक्ता कायम गर्नुपर्ने अवस्थाको बीच हकप्रद जारी गनर्रपरेको कम्पनीको भनाई छ।

हाल ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले २० प्रतिशत बराबरको १७ करोड ६० लाखको हकप्रद जारी गरि एक अर्ब पाँच करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी कायम गर्नेछ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।