तारागाउँ रिजेन्सी होटलको साधारण सभा आह्वान, बुकक्लोज कहिले?

Dec 17, 2019 11:49 AM Merolagani



तारागाउँ रिजेन्सी होटल (TRH ले पुस २९ गते २३ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। होटलले नेपाल प्रज्ञा प्रतिष्ठान, प्रज्ञा प्रेक्षालय, कमलादीमा साधारण सभा बोलाएको हो।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७५/७६ मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत (५ प्रतिशत कर कट्टि पश्चात) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस ८ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। जसअनुसार, पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सो सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।