अंकित मूल्यभन्दा तल शेयरमूल्य रहेको रिडी हाइड्रोले तोक्यो लाभांश बाँड्न बुकक्लोज

Nov 27, 2019 12:41 PM Merolagani



रिडी हाइड्रोपावर कम्पनी (RHPC) ले शेयरधनी दर्ता किताब बन्द गर्ने मिति (बुकक्लोज) निर्धारण गरेको छ।  कम्पनीले मंसिर १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । 

यसअनुसार मंसिर १८ गतेसम्म कायम रहने शेयरधनीले मात्र गत आवको मुनाफाबाट प्रस्तावित ५.२६ प्रतिशत लाभांश पाउनेछन्। मंसिर ११ गते बुधबार कम्पनीको शेयर धितोपत्र बजारमा अंकित मूल्यभन्दा २७ रुपैयाँ कम अर्थात प्रतिकित्ता ७३ रुपैयाँमा कारोबार भैरहेको छ। 

रिडी हाइड्रोपावर कम्पनीले पुस ४ गते १८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। रिडी हाइड्रोपावरको कार्तिक २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश सहित ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

 

 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रिडीले एक करोड ३ लाख  रुपैयाँ नाफा कमाएर  वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७६ पैसा कायम गरेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।