समता लघुवित्तको बुकक्लोज, २०० प्रतिशत हकप्रद भर्न कहिलेसम्म बन्नुपर्छ शेयरधनी?

Sep 10, 2019 05:36 PM Merolagani



समता लघुवित्त वित्तीय संस्था (SMATA) ले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद निष्काशनका लागि शेयर दाखिला खारेज दर्ता बन्द गर्ने मिति (बुकक्लोज) निर्धारण गरेको छ ।

लघुवित्त सञ्चालक समितिको भदौ २४ गते बसेको ८० औं बैठकले असोज १ गते हकप्रदको बुकक्लोज गर्ने निर्णय गरेको हो। यसअनुसार भदौ ३१ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र लघुवित्तको हकप्रद भर्न पाउनेछन्।

लघुवित्तले धितोपत्र बोर्डबाट भदौ २९ गते चुक्ता पूँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँको १ः२ अनुपातमा १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर बिक्री अनुमति पाएको थियो। उक्त हकप्रद प्रस्ताव लघुवित्तका २०७५ मंसिर २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको थियो।

हकप्रद निष्काशनका लागि कम्पनीले एनआइबिएल एस क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक चयन गरिसकेको छ।

हकप्रद पश्चात लघुवित्तको १८ करोड २० लाख १६ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

गत आर्थिक वर्षमा लघुवित्तले अघिल्लो आवको तुलनामा २४९ प्रतिशतले खुद नाफा बढाएर २ करोड ५७ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ३२ पैसा कायम गरेको छ। लघुवित्तको जगेडा कोषमा ८ करोड ४२ लाख ५६ हजार रुपैयाँ सञ्चित छ ।

लघुवित्तको भदौ २४ गते दोस्रो बजारमा प्रतिकित्ता एक हजार २६५ रुपैयाँमा शेयर कारोबार भएको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।