स्पर्स लघुवित्तले तोक्यो बुकक्लोज

Dec 16, 2019 05:54 PM Merolagani



स्पर्स लघुवित्त वित्तीय संस्था (SPARS) ले साधारण सभाका लागि शेयरधनी दर्ता किताब बन्द गर्ने मिति तोकेको छ।लघुवित्तको मंसिर २९ गते सम्पन्न सञ्चालक समितिको बैठकले पुस १० देखि २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिको बैठकको निर्णय अनुसार अब पुस ९ गते बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र गत आव २०७५/०७६ को मुनाफाबाट प्रस्ताव गरेको १३ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश पाउनेछन्।

लघुवित्त सञ्चालक समितिको भदौ १६ गते ४ बजे सम्पन्न ५० औं बैठकले चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँको १३ प्रतिशत अर्थात एक करोड ७ लाख ८५ हजार १९० रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने करका लागि ०.६८ प्रतिशत अर्थात ५ लाख ६७ हजार ६४२ रुपैयाँ नगद लाभांश घोषणा गरेको थियो।

बोनस पारित भएश्चात लघुवित्तको चुक्ता पूँजी ९ करोड ३७ लाख ४८ हजार १९० रुपैयाँ पुग्नेछ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।