रिडी हाइड्रोपावरले घटाएर प्रस्ताव गर्यो बोनस

Nov 10, 2019 04:10 PM Merolagani



रिडी हाइड्रोपावर (RHPC) ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। 

हाइड्रोपावरको कार्तिक २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र प्रयोजनका लागि ०.२६ प्र्रतिशत नगद लाभांश सहित ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

हाइड्रोपावरले लाभांश वितरण गर्न पुस ४ गते १८ औं वार्षिक साधारणसभा आह्वान गरेको छ। उक्त साधारणसभाले अनुमोदन गरेपछि प्रस्तावित लाभांश शेयरधनीले पाउनेछन्। 

आर्थिक वर्ष २०७४/७५ को मुनाफाबट ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३१ प्रतिशत नगद गरी ६.३१ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले गत आर्थिक वर्षको कमाईबाट वितरण गर्ने लाभांश दर घटाएको हो ।

हाइड्रोपावरले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ४६ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी ५३ करोड ११ लाख १८ हजार रुपैयाँ रहेको हाइड्रोको जगेडा कोषमा ३ करोड ५५ लाख ९६ हजार रुपैयाँ सञ्चित रहेको छ। ५ प्रतिशत बोनसपश्चात हाइड्रोको पूँजी ५५ करोड ७६ लाख रुपैयाँ पुग्नेछ।

कम्पनीको शेयर दोस्रो बजारमा कार्तिक २४ गते अन्तिम पटक प्रतिकित्ता ७२ रुपैयाँमा कारोबार भएको थियो ।  




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।