सिर्जना फाइनान्सको हकप्रद निष्काशनको बुकक्लोज मिति सर्यो

Sep 04, 2019 04:57 PM Merolagani



सिर्जना फाइनान्स (SFFIL) को हकप्रद शेयर निष्काशनको लागि बुकक्लोज मिति परिवर्तन भएको छ। फाइनान्सले यसअघि हकप्रद निष्काशनको लागि भदौ २० गते बुकक्लोज गर्ने निर्णय गरेकोमा भदौ १८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले अजोज ६ गते बुकक्लोज गर्ने निर्णय गरेको हो।

यसअनुसार फाइनान्सले निष्काशन गर्न लागेको साठी प्रतिशत हकप्रद शेयरमा असोज ५ गतेसम्म  कायम भएका शेयरधनीहरुले हकप्रदमा आवेदन गर्न पाउनेछन्।

फाइनान्सले १० बराबर ६ शेयरको अनुपातमा एक सय रुपैयाँ अंकित दरका २४ लाख ४ हजार ८० कित्ता हकप्रद निष्काशन गर्न लागेको हो। फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

 

 

हाल फाइनान्सको चुक्ता पूँजी ४० करोड ६ लाख ८० हजार रुपैयाँ रहेको छ। फाइनान्सले ६० प्रतिशत हकप्रद बिक्री पश्चात ६४ करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।