सिर्जना फाइनान्सको हकप्रद निष्काशनको बुकक्लोज मिति सर्यो

Sep 04, 2019 04:57 PM Merolagani



सिर्जना फाइनान्स (SFFIL) को हकप्रद शेयर निष्काशनको लागि बुकक्लोज मिति परिवर्तन भएको छ। फाइनान्सले यसअघि हकप्रद निष्काशनको लागि भदौ २० गते बुकक्लोज गर्ने निर्णय गरेकोमा भदौ १८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले अजोज ६ गते बुकक्लोज गर्ने निर्णय गरेको हो।

यसअनुसार फाइनान्सले निष्काशन गर्न लागेको साठी प्रतिशत हकप्रद शेयरमा असोज ५ गतेसम्म  कायम भएका शेयरधनीहरुले हकप्रदमा आवेदन गर्न पाउनेछन्।

फाइनान्सले १० बराबर ६ शेयरको अनुपातमा एक सय रुपैयाँ अंकित दरका २४ लाख ४ हजार ८० कित्ता हकप्रद निष्काशन गर्न लागेको हो। फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

 

 

हाल फाइनान्सको चुक्ता पूँजी ४० करोड ६ लाख ८० हजार रुपैयाँ रहेको छ। फाइनान्सले ६० प्रतिशत हकप्रद बिक्री पश्चात ६४ करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।