रिलायन्स फाइनान्सको खुद नाफा घट्यो

Sep 20, 2019 02:56 PM Merolagani



रिलायन्स फाइनान्स (RLFL) ले एनएफआरएस प्रणाली अनुरुपको वित्तीय विवरणमा गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.८७ प्रतिशतले थोरै हो। अघिल्लो आर्थिक वर्षको यही समयमा फाइनान्सले ७ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

चुक्ता पूँजी ८३ करोड एक लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा १६ करोड ४७ लाख रुपैयाँ सञ्चित छ । 

यस अवधिमा फाइनान्सले २० करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आवको तुलनामा ३४ प्रतिशतले धेरै हो।

अघिल्लो आवमा फाइनान्सले १५ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। 

चौंथो त्रैमाससम्म फाइनान्सले ४ अर्ब १३ करोड ५३ लाख निक्षेप संकलन गरी ३ अर्ब ७२ करोड ३२ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।

फाइनान्सको निष्कृय कर्जा अनुपात १.१९ बाट बढेर १.९७ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी ८ रुपैयाँ ०५ पैसा रहेको फाइनान्सको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ १२ पैसा र मूल्य आम्दानी अनुपात १५.२५ गुणा छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।