महालक्ष्मी विकास बैंक र मेरो माइक्रोको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

Nov 05, 2019 11:01 AM Merolagani



महालक्ष्मी विकास बैंक (MLBL) र मेरो माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने कार्तिक १९ गते मंगलबार अन्तिम दिन रहेको छ। दुबै संस्थाले लाभांश पारित गर्न प्रमुख एजेण्डा सहित बोलाएको साधारण सभा प्रयोजनको लागि कार्तिक २० गते देखि बुकक्लोज गर्ने भएकाले लाभांश पाउन मंगलबारसम्म शेयरधनी बनिसक्नुपर्नेछ।

महालक्ष्मी विकास बैंक (MLBL) ले लाभांश दिने प्रस्ताव पारित गर्न कात्तिक २९ गते १८ औं वार्षिक साधारण सभा बोलाएको छ।

 सो सभाले सञ्चालक समितिले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ८ प्रतिशत बोनस र ९.८९ प्रतिशत नगद गरी कूल १७.८९ प्रतिशत लाभांश अनुमोदन गर्दैछ। 

बैंकले साधारण सभा प्रयोजनको लागि कात्तिक २० गते देखि कात्तिक २९ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ। त्यस अनुसार कात्तिक १९ गते मंगलबार सम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन्।

बैंकले २२ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर र २८ करोड १४ लाख रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्नेछ। हाल २ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनसपश्चात पूँजी ३ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ।

यस्तै मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (MEROले लाभांश अनुमोदन गर्ने कात्तिक २९ गते सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ।

साधारण सभा प्रयोजनको लागि कात्तिक २० गतेदेखि २९ गतेसम्म शेयर दाखिला खारेजी गर्ने (बुकक्लोज) निर्णय गरेको छ। यसअनुसार कार्तिक १९ गते मंगलबारसम्म कायम रहेका शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन्।

साधारण सभाबाट गत आवको मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको ३० प्रतिशत बराबरको १९ करोड ७३ लाख ४० हजार रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।