युनाइटेड इन्स्योरेन्स मर्जरमा जाने, संचालक समितिलाई अख्तियारी

Nov 12, 2019 05:57 PM Merolagani



युनाइटेड इन्स्योरेन्स (UIC) मर्जरमा जाने भएकाे छ । कम्पनीको मंगलबार सम्पनन २५ औ बार्षिक साधारण सभाले मर्जर सम्बन्धि आवश्यक प्रकृया पुरा गर्न संचालक समितिलाई अख्तियारि दिने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसंग एक आपसमा गाभ्ने/गाभिने चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्ने, मर्जर सम्बन्धि अन्य आवश्यक प्रकृया पुरा गर्न संचालक समितिलाई अख्तियारि दिने प्रस्ताव भएकाे हो ।

यस्तै संचालक समितिको संरचनामा ७ जना संचालक सदस्यहरु रहने गरी कम्पनीको विनियमावलीमा संसोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारण सभामा कम्पनीका संचालक समिति अध्यक्ष भरत बहादुर कार्कीको अध्यक्षता सम्पन्न भएको हो ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।