लक्ष्मी बैंकले चार वर्षमा पनि भेटाएन उपयुक्त मर्जर जोडी, फेरि मर्जरको तयारी गर्दै बैंक

Nov 29, 2019 01:05 PM Merolagani



धेरै पटक मर्जरमा जाने हल्ला चलेर पनि मूर्त रुप पाउन नसकेको लक्ष्मी बैंक (LBL) ले फेरि मर्जरलाई अगाडि बढाउने भएको छ। १५ औं वार्षिक साधारण सभादेखि नै बैंकले मर्जर तथा प्राप्तीका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेपनि हालसम्म पनि उपयुक्त जोडी फेला पार्न नसकेपछि बैंकले फेरि प्रकृया अगाडि बढाउने भएको हो।

बैंकले पुस ६ गते आह्वान गरेको १९ औं वार्षिक साधारण सभाबाट बैंकले पुन: सञ्चालक समितिलाई मर्जर पार्टनर खोजी गर्न अख्तियारी प्रदान गर्ने भएको छ। साधारण सभामा बैंकले मर्जरमा जान सञ्चालक समितिलाई अख्तियारी दिने र लाभांश अनुमोदन सम्बन्धि प्रस्तावलाई विशेष प्रस्ताव  बनाएको छ।

बैंकले पुस ६ गते आइतबार अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे १९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

यसअघि एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच दुई वर्षभन्दा लामो समयसम्म मर्जरको प्रकृयामा जाने कसरत चलेकाे थियाे। सो प्रकृया पनि बीचमै बिना निष्कर्ष टुङ्गीएको थियो।

साधारण सभामा लक्ष्मी बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्ने/गाभिने तथा अन्य कुनै संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पुर्ण प्रकृया पूरा गर्न बैंकले सञ्चालक समितिलाई पूर्ण अख्तियारीलाई दिने प्रस्ताव पारित गर्ने तयारी गरेको छ।

यस्तै साधारण सभाबाट सञ्चालक  समितिका सदस्यहरुको मनोनयन गरी नियुक्ति अनुमोदन गर्ने तयारी समेत गरेको छ ।

आर्थिक बर्ष २०७५/७६ को मुनाफाबाट प्रस्तावित १५ प्रतिशत लाभांश समेत सााधारणसभाबाट पारित गर्नेछ। हाल कायम पूँजी ८ अर्ब ९२ करोड ५ लाख ९ हजार रुपैयाँको १० प्रतिशत अर्थात ८९ करोड २० लाख ५० हजार ८६४ रुपैयाँ रूपैयाँ बराबरको ८९ लाख २० हजार ५०८ दशमलव ६४ कित्ता बोनस शेयर र बोनस शेयरमा लाग्ने कर सहित ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँ अर्थात ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित तयारी रहेको छ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २३ गते शेयरधनी दर्ता किताब बन्द गर्ने मिति तोकेको छ। यसअनुसार मसिंर २२ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ पुग्नेछ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।