सिभिल बैंकले खर्च नियन्त्रण गर्न नसक्दा नाफा घट्यो

Nov 15, 2019 09:37 AM Merolagani



सिभिल बैंक लिमिटेड (CBL) ले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १५ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १४.१० प्रतिशत कम हो।

बैंकले समीक्षा अवधिमा खुद ब्याज आम्दानी सामान्य बढाउन सफल भएपनि खर्च नियन्त्रण गर्न नसक्दा नाफा घट्न पुगेको हो।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ करोड ९८ लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुप बैधानीक जगेडा र नियामकीय जगेडा कोषमा गरि कूल १२ करोड ९१ लाख ८ हजार रुपैयाँ छुट्याउँदा बैंकको वितरणयोग्य मुनाफामा भने कमी आएको हो।

असोज मसान्तसम्ममा ४२ अर्ब ९१ करोड निक्षेप सङ्कलन गरी ४४ अर्ब १८ करोड कर्जा लगानी गरेको यस बैंकले सो अवधिसम्ममा ६० करोड २९ लाख खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा १ करोड ६४ लाख बढी हो।

समीक्षा अवधिमा बैंकको कर्मचारी खर्च ५९.५९ प्रतिशत बढेर २४ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन खर्च ३३.५७ प्रतिशत बढेर १२ करोड ३९ लाख पुगेको छ। खर्च बढेसंगै बैंकको सञ्चालन मुनाफा १६७.३५ प्रतिशत घटेर २२ करोड ५९ लाखमा सीमित भएको छ।

गत आवको मुनाफाबाट ६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको यस बैंकको चुक्ता पूँजी ८ अर्ब ३३ लाख रहेको छ । बैंकले जगेडा कोषमा १ अर्ब ६० करोड २२ लाख र रिटेन्ड अर्निङ्गमा ७० करोड ७ लाख रुपैयाँ जम्मा गरेको छ।

चालु आवको पहिलो त्रैमासको अन्त्यसम्ममा २ करोड ९८ लाख ४२ हजार वितरण योग्य मुनाफा रहेको यस बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९४ पैसा रहेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १२८.७७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १८ गुणा रहेको छ।

चालु आवको असोज मसान्तसम्ममा बैंकको निष्क्रिय कर्जा २.९३, कस्ट अफ फण्ड ८.२२, आधारदर ११.११ र स्प्रेडदर ४.६४ प्रतिशत रहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।