स्ट्याण्डर्ड चाटर्डको साधारण सभा आह्वान, लाभांश वितरण मुख्य एजेण्डा

Nov 15, 2019 12:16 PM Merolagani



स्ट्याण्डर्ड चाटर्ड बैंक (SCB) ले गत आर्थिक वर्षको कमाईबाट शेयरनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेर बैंकको ३३ औं वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकले शेयरधनीहरुलाई मंसिर २३ गते सोमबार साधारण सभा आह्वान गरेको हो।

साधारण सभामा बैंकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई साढे २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

आठ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ। यसअनुसार बैंकले एक अर्ब ८० करोड २५ लाख ७२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

सभामा नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका विवरण उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षक नियुक्त तथा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत राखेको छ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर ९ गतेदेखि बुकक्लोज गर्ने भएकाले मंसिर ८ गतेसम्म कायम भएका शेयरधनीहरुलेमात्र बैंकले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।