राष्ट्रिय वाणिज्य बैंकले कमायो सबैभन्दा धेरै मुनाफा

Nov 16, 2019 01:43 PM Merolagani



पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक (RBB) ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाएको छ ।

यस बैंकले चालु आवको असोज मसान्तसम्ममा एक अर्ब १२ करोड ७५ लाख ३७ हजार खुद मुनाफा आर्जन गरेको छ। बैंकले कमाएको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४ लाख ६३ हजार रुपैयाँले धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ११ करोड ९० लाख ७४ हजार खुद नाफा कमाएको थियो।

बैंकहरुमध्ये नबिल बैंकले वाणिज्य बैंकभन्दा ४० लाख थोरै अर्थात दोस्रो ठूलो एक अर्ब १२ करोड ३५ लाख मुनाफा आर्जन गरेको छ भने एनआईसी एशिायाले पनि एक अर्ब बढी नाफा कमाएको छ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ३० करोड ६३ लाख ११ हजार रुपैयाँ रहेको छ।

बैंकले बैधानीक जगेडा कोषमा २५ करोड ३३ लाख व्यवस्था गरेपनि नियामकीय जगेडा कोषबाट यसअघि व्यवस्था गरेको ४३ करोड २० लाख रुपैयाँ फिर्ता हुँदा वितरणयोग्य मुनाफा खुद मुनाफा भन्दा बढी देखिएको हो।

चालु आवको तीन महिना अवधिमा राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ८७ अर्ब ३६ करोड निक्षेप संकलन गरेर १ खर्ब ४३ अर्ब ३३ करोड कर्जा प्रवाह रहेको छ । बैंकको निक्षेप १.४ प्रतिशत र कर्जा लगानी ०.७८ प्रतिशतले घटेको हो।

यसबाट बैंकले ४ अर्ब ४ करोड ७३ लाख ब्याज आम्दानी गरेर १ अर्ब ७७ करोड ९४ लाख ब्याजखर्च गर्दा २ अर्ब २६ करोड खुद ब्याज आम्दानी भएको छ। जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ३३ करोड ८५ लाख अर्थात १२.९९ प्रतिशतले थोरै हो।

एनआईडीसी डेभलपमेन्ट बैंकलाई प्राप्ती पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ४७ लाख ९५ हजार ७०० रुपैयाँ छ। बैंकको जगेडा कोषमा १३ अर्ब ७१ करोड ७१ लाख राखेको छ भने रिटेन्ड अर्निङ्ग २ अर्ब १० करोड बढी छ।

सर्वसाधारणमा शेयर जारी नगरेका कारण बैंकको बाँड्नमिल्ने रकम र रिटेन्ड अर्निङ्ग मजबुत र्भपनि लगानीकर्ताले भने हेरेर नै चित्त बुझाउनुपर्ने अवस्था छ। बैंकको पटक पटक आईपीओ जारी गर्ने चर्चा चलेर हराउने गरेको छ।

यस अवधिमा बैंकको स्प्रेडदर केन्द्रीय बैंकले तोकेको भन्दा उच्च रहेको छ। बैंकको स्प्रेडदर ४.९८ बाट बढेर ५.९८ पुगेको छ।  खराब अनुपात घटाएर ३.५० प्रतिशतमा झारेपनि अझै उच्च देखिन्छ । यस्तै बैंकको पूँजीकोष अनुपात १३.९५ प्रतिशत, कर्जा निक्षेप अनुपात ७१.९७ प्रतिशत, आधार दर ६.६ प्रतिशत छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।