मेगा बैंकसँग गाभिन लागेको गण्डकी विकास बैंकको नाफा घट्यो

Nov 17, 2019 12:12 PM Merolagani



मेगा बैंकसँग गाभिने प्रकृयामा रहेको गण्डकी विकास बैंक(GDBL)ले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ। यस अवधिमा बैंकले ८ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आवको यसै अवधिको तुलनामा बैकको खुद नाफा १५.३९ प्रतिशतले घटेको हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले १० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४५ प्रतिशत धेरै र अन्य सञ्चालन आम्दानी ११६ प्रतिशतले बढेको छ। आम्दानीमा उल्लेख्य सुधार भएपनि ११ करोड कर्जा नोक्सानी व्यवस्था तथा  कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्च लगायतमा भएको वृद्धिले नाफा साँघुरिएको हो।  बैंकको शुल्क कमिसन आय पनि घटेको छ। 

यस अवधिमा बैंकले ३४ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी १० करोड ६८ लाख रुपैयाँले बढोत्तरी भएको हो। गत वर्षको यसै अवधिमा बैंकले २३ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

समीक्षा अवधिमा २८ अर्ब १ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २५ अर्ब ८२ करोड ९८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

चुक्ता पूँजी दुई अर्ब ७५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८६ करोड १४ लाख रुपैयाँ, शेयरधनी कोषमा ४५ करोड १५ लाख रुपैयाँ रहेको छ।

बैंकमा निष्कृय कर्जा अनुपात १.१० प्रतिशत रहेको छ। बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ७६ पैसा छ। बैंकको मूल्य आम्दानी अनुपात १५.८९ गुणा रहेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।